आज बस्ने भनिएको शीर्ष नेताहरुको बैठक किन भयो स्थगित ?

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक सरेको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे बस्ने गरि पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका थिए। तर, प्रधानमन्त्री देउवाको व्यस्तताका कारण आजका लागि बोलाइएको बैठक सरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

आज स्थगित गरिएको बैठक भोलि(शुक्रबार) दिउँसो २ बजे बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले अन्नपूर्ण टाइम्सलाई जानकारी दिए। तर स्थानबारे भने टुंगो नलागेको उनको भनाइ छ।

बैठकमा नयाँ सरकारका प्राथमकिता, मन्त्रिपरिषद् विस्तार र आसन्न महाधिवेशनका सन्दर्भमा छलफल हुने बताइएको छ। कांग्रेसको तल्लो तहको अधिवेशनको मिति फेरि सार्ने तयारी गरिएको छ। केन्द्रीय महाधिवेशन प्रभावित नहुने गरी तल्लो तहको अधिवेशनको मिति केही समय सार्न लागिएको हो। शीर्ष नेताहरुको बैठकले सम्भवत: नयाँ कार्यतालिकाबारे निर्णय गर्नेछ।

वडा, गाउँ/नगर, जिल्ला र प्रदेश निर्वाचनको मिति केही दिन पर धकेलिने क्रियाशील सदस्यता छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलले जानकारी दिए। साउन १२ बाट वडा तहको अधिवेशन गरी तल्लो तहका अधिवेशन सुरु गर्ने कार्यतालिका यसअघि सार्वजनिक गरिएको थियो। तल्लो तहको अधिवेशनको मिति केही दिन पर सार्ने भनिएपनि कति दिन भन्नेबारे खुलाइएको छैन।

 

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको