कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने

काठमाडौं – आगामी कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम तय भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त दुई दिन राष्ट्रिय भिटामिन ए कार्यक्रम गर्ने निर्णय गर्दै समन्वयका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार समेत गरेको छ ।

सरकारले राष्ट्रिय भिटामिन ए कार्यक्रमको पहिलो चरणमा ७५३ वटै स्थानीय तहमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको हो ।

सरकारले अघिल्ला वर्षमा जस्तै यसवर्ष पनि शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागु भएका जिल्लाहरुमा पाँच वर्षमुनिका बाल बालिकाहरुको पोषण अवस्था परीक्षण गरी ६ देखि २३ महिनाका बाल बालिकाहरुलाई बहुसूक्ष्म पोषक तत्त्व बालभिटा समेत वितरण गर्ने जनाएको छ ।

बालबालिकालाई भिटामिन ए, जुकाको औषधि र बालभिटा वितरणका लागि पालिका तथा पालिका मातहतमा रहेका निकाय खटिनेछन् ।

परिवार कल्याण महाशाखाका अनुसार ६ महिनादेखि ५ बर्षसम्मका २७ लाख ६८ हजार ५४० जना बालबालिकालाई भिटामिन ए खुवाइँदै छ । यस्तै, १ वर्षदेखि ५ वर्ष उमेरका २३ लाख ५६ हजार ८४३ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको