कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने

काठमाडौं – आगामी कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम तय भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त दुई दिन राष्ट्रिय भिटामिन ए कार्यक्रम गर्ने निर्णय गर्दै समन्वयका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार समेत गरेको छ ।

सरकारले राष्ट्रिय भिटामिन ए कार्यक्रमको पहिलो चरणमा ७५३ वटै स्थानीय तहमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको हो ।

सरकारले अघिल्ला वर्षमा जस्तै यसवर्ष पनि शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागु भएका जिल्लाहरुमा पाँच वर्षमुनिका बाल बालिकाहरुको पोषण अवस्था परीक्षण गरी ६ देखि २३ महिनाका बाल बालिकाहरुलाई बहुसूक्ष्म पोषक तत्त्व बालभिटा समेत वितरण गर्ने जनाएको छ ।

बालबालिकालाई भिटामिन ए, जुकाको औषधि र बालभिटा वितरणका लागि पालिका तथा पालिका मातहतमा रहेका निकाय खटिनेछन् ।

परिवार कल्याण महाशाखाका अनुसार ६ महिनादेखि ५ बर्षसम्मका २७ लाख ६८ हजार ५४० जना बालबालिकालाई भिटामिन ए खुवाइँदै छ । यस्तै, १ वर्षदेखि ५ वर्ष उमेरका २३ लाख ५६ हजार ८४३ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको