काठमाडौं- पूर्व अर्थमन्त्री मधुकर शमशेर राणाको निधन भएको छ। काठमाडौंको मेडिसिटी अस्पतालमा राणाको बुधबार निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता हातमा लिएपछि गठित सरकारमा राणा अर्थमन्त्री भएका थिए।

राणाको जन्म सन् १९४१ मा भएको थियो।

२०६१ साल माघ १९ गते तत्कालीन राजाले शासन सत्ता आफ्नो हातमा लिएपछि गठित मन्त्रिपरिषद्‌मा राणालाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here