सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद पार्वत गुरुङलाई पक्राउ गर्न पुर्जी जारी भएको छ।

दोलखाका सांसद तथा नेकपाका केन्द्रीय गुरुङलाई ज्यान मार्ने मुद्दामा पक्राउ पुर्जी जारी भएको हो।

ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले ८ असोजमा सांसद गुरुङलाई पक्राउ पुर्जीको म्याद तामेल गरेको हो।

सांसद गुरुङविरुद्ध वीरध्वज खड्काले २०७६ को वैशाख २९ गते काडमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने कसुरको जाहेरी दर्ता गरेका थिए। सो मुद्दामा गुरुङसँगै दोलखाको गौरीशंकर गाउँपालिकाकै मिनबहादुर तामाङ, कसराङ मन्ने कर्ण तामाङ, उर्मिला थामी, जीवन तामाङ, सागर तामाङ, सविन तामाङलाई प्रतिवादी बनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here