यस्तो छ तिहारको सुरक्षा : जुवातास खेलप्रति कठोर,पटाकारहित तिहार बनाउन सुक्ष्म निगरानी

काठमाडौँ – नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा जीत–हारको उद्देश्य राखेर खेलिने खेल नियन्त्रणमा सुरक्षा निकायले कठोर नीति अपनाएको छ ।

चाडबाड केन्द्रित विशेष सुरक्षा योजनालाई थप कडाइका साथ लागू गर्दै प्रहरीले तिहारमा खेलिने जुवातास, लङ्गुरबुर्जालगायतका गतिविधिले समाजमा विकृति फैलने, आर्थिक विचलन हुने र समाजमा आपराधिक क्रियाकलापलाई बढावा दिने भएकाले यस्ता गतिविधि नियन्त्रणमा सुक्ष्म निगरानी थालेको जनाएको छ ।

सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने तिहारलाई अपराधरहित बनाउन घर वरपर कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरीलाई सूचना दिएर सहयोग गर्न आग्रह गर्दै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले विकृतिपूर्ण गतिविधिमा प्रहरी कठोर हुने चेतावनी दिए ।

दशैैँको सुरक्षा योजनाले आपराधिक घटनामा न्यूनीकरण भएको जिकिर गर्दै उहाँले त्यसलाई ध्यानमा राखेर पटाका र जुवातास तथा अन्य विकृति रोक्ने योजना बनाइएको र सुरक्षाकर्मीलाई उच्च सतर्कतामा रहन निर्देशन दिइसकिएको उल्लेख गरे । यसपटक यही कात्तिक दोस्रो हप्ता तिहार परेको छ । कात्तिक १२ गते भाइटीका परेको छ । यो अवधिमा सवारीसाधनमा हुने अवरोधलाई समेत ध्यानमा राखेर आवागमन सहज बनाउन प्रहरीले ध्यान केन्द्रित गरेको छ ।

सुरक्षा अधिकारीहरुका अनुसार विगतको भन्दा यसपालिको दशैँ सुरक्षाका दृष्टिले अहिलेसम्म कै उत्कृष्ट भएको छ । दशैँका बेला ठूला दुर्घटना हुन पाएन । “यसपटकको दशैँ घटनारहित भन्दा पनि हुन्छ, छिटफुट घटना भए पनि अप्रिय भएन । तिहारमा भने जुवातास, देउसीभैलो र पटाका पड्काउने क्रम बढी हुन्छ, यो बेला दशैँको सुरक्षा योजनालाई अझै विस्तार गरेर सुरक्षा व्यवस्था चुस्त बनाउँदै छौँ ।” महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होबीन्द्र बोगटीले भने ।

जीतहारका उद्देश्यले हुने कुनै पनि अस्वस्थ प्रतिष्पर्धात्मक गतिविधिमा रोक लगाउने उल्लेख गर्दै बोगटीले थपे, “पटाकारहित तिहार बनाउनुपर्छ, हामी सबै जुटौँ, प्रहरीले मात्रै सबै सुरक्षा गर्न सक्तैन ।” भर्खरैमात्र काठमाडौँका विभिन्न ठाउँबाट रु २३ लाख नगदसहित २९ जना जुवाडे पक्राउ गरिसकिएको बोगटीले जानकारी दिए ।

चाडबाडमा हुने सामाजिक विकृति विसङ्गतिसँगै प्रविधिको माध्यमबाट हुने अपराध र अस्वभाविक बैंकिग गतिविधिको पनि नियमित निगरानी भइरहेको प्रहरीले जनाएको छ । प्रनाउ बोगटीले भने, “दशैँमा भन्दा तिहारमा सुरक्षा अझ कडा हुन्छ, घर छाड्नुभयो भने तपाई प्रहरीलाई खबर गर्नुस तपाईंको घरको सुरक्षा प्रहरीले गर्नेछ, अपराधरहित तिहार मनाउन आमनागरिक आआफ्नो ठाउँबाट सचेत हुनुपर्छ ।”

प्रहरी प्रधान कार्यालयका अनुसार राजधानीबाट भित्रिने र बाहिरिने नाकाहरुमा जाँचचौकीलाई अनुगमनमा कडाइ गर्न निर्देशन दिइएको छ । मोटरसाइकल गस्ती र सादा पोशाकमा प्रहरीले नियमित निगरानी गरिरहेको जनाइएको छ ।

मादकपर्दाथ सेवन गरेर सवारी चलाउने, लेन मिच्ने र शङ्कास्पद गतिविधि हुने सम्भावित क्षेत्रमा ट्राफिक प्रहरीको सक्रियता बढाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले बताए ।

मुख्यगरी दशैँ तिहारको बेलामा जुवातास, मापसे, पटाका, उच्छृङ्खलरुपमा मनाइने देउसीभैलो, र झैझगडाजस्ता अपराध हुने गरेको छ । सांस्कृतिक परम्पराअनुसार चाडबाड मनाउन आग्रह गर्दै महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले अपराधरहित तिहार मनाउनका लागि प्रहरीको प्रयास जारी रहेको र घटना भइहालेमा तत्कालै कारवाहीको दायरामा ल्याउन प्रतिबद्धता जनाए ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार अन्य चाडबाडजस्तै विशेष सुरक्षा रणनीति बनाएर तिहारमा शान्ति सुरक्षा कायम गर्न थालिएको बताए । “आवश्यक तयारी भइरहेको छ, तिहार कै लागि सुरक्षा समितिको बैठक बसेर रणनीतिक योजना तयार गर्न लागिएको छ”, दाहालले भने। यसअघि लागुभएको सुरक्षा योजना भने कायमै रहेको उनले बताए । रासस

सिफारिस

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण खेल हेर्न उद्घाटन खेलमा दर्शकहरुको उल्लेख्य उपस्थिति छ । उद्घाटन खेलको...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले पाँच विकेटले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

एनपीएल विजेताले कति पाउँछन् पुरस्कार रकम ?

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको...

पोखराको पुम्दीकोटबाट देखिएको माछापुच्छ्रे हिमाल (तस्वीरहरू)

पोखरा–२२ पुम्दीकोटबाट माछापुच्छ्रे हिमालको मनमोहक दृश्य दृश्य नजिकबाट नियाल्न...

धेरै पढिएको