राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोदकुमार साह साधरण साधरण तारेखमा रिहा हुनुभएको छ ।
जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको अभियोगमा पक्राउ परेका सांसदलाई आज जिल्ला अदालत धनुषाले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

अदालतको आदेशमा रिहा भएलगत्तै उहाँ जानकी मन्दिरमा पूजा गर्न पुग्नु भएके छ । जहाज ढिलो भएको भन्दै बुद्ध एयरको काउन्टर तोडफोडको आरोपमा साहविरुद्ध परेको मुद्दामाथि आज न्यायाधीश तेजनारायण पौडेलले थुनछेकको बहस गर्दै रिहाइको आदेश दिनुभएको हो । काठमाडौं आउन गत सोमबार जनकपुर विमानस्थल पुगेका सांसद साहले जहाज ढिलो भएको भन्दै बुद्ध एयरको काउन्टरमा तोडफोड गर्नुभएके थियो ।

उहाँलाई प्रहरीले मंगलबार त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ गरेर जनकपुर ल्याएर मुद्दा चलाएको थियो। सांसद साह रिहा भएपछि राजपाले धनुषा, सर्लाहीसहितका जिल्लामा आह्वान गरेको बन्दसहितका कार्यक्रम फिर्ता लिने निर्णय गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here