नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक डाकेको छ।

कात्तिक ७ गते बिहीबार दिउँसो २ बजे केन्द्रीय समिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। मंसीर १४ गते हुने उपनिर्वाचनको तयारीबारे छलफल गर्न कांग्रेसले बैठक डाकेको उनले बताए।

केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू, आमन्त्रित केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित हुन पनि कांग्रेसले विज्ञप्ति निकालेर जानकारी गराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here