मेलुङ्गमा आलु महोत्सव

रामेछाप – आफ्नो क्षेत्रको आलु अर्कै पहिचान बनेर विक्री हुने गरेको पिडा विर्साउन दोलखाको मेलुङ्ग गाउ“पालिकाले आलु महोत्सवनै आयोजना गरेको छ ।
‘ आलु महोत्सवका दुईटा फाईदा छन’ गाउ“पालिका अध्यक्ष नरवहादुर श्रेष्ठ भन्छन – एउटा हाम्रो आलु हो भनेर बजारमा चिनाउने र अर्को व्यवासायिक उत्पादन बढाउने । महोत्सव शुक्रबार र शनिबार साविकको सुकाठोकरमा चल्ने उनले वताए । महोत्सवमा विभिन्न जातका आलुको स्टल राखिएका छन । महोत्सवको शुक्रबार उद्घाटन भएको छ ।
रामेछाप र दोलखाको शैलुङ्ग क्षेत्र, पवटी, सुकाठोकरको माथिल्लो भाग, मेलुङ्ग र डाडाखर्कको उच्च भागमा रातो चक्रे आलु उत्पादन हुन्छ । त्यस क्षेत्रमा उत्पादन भएको आलु किसानहरुबाट दोलखाको ढुङ्गे र देउराली बजारका व्यवसायीले संकलन गरी ‘मुढेको आलु ’ भनेर बजारमा लैजाने गरेका छन ।
‘अव हाम्रो चाहना मेलुङ्गकै आलु भनेर बजारमा जाने हो ’ अध्यक्ष श्रेष्ठले भने । उनले गाउ“पालिकाले त्यसका लागि व्यवसायीक उत्पादन बढाउन र वजारीकरणका लागि सहयोग गर्छ । उनले आलु महोत्सवमा गाउ“पालिकाका सवै आलु उत्पादक किसानको सहभागिता हुने र त्यसबाट बनेका परिकार चखाउने योजना रहेको वताए ।
मेलुङ्ग गाउ“पालिकामा सवै प्रकारको हावापानि पाईने भएकाले हिउ“द बर्षायाममानै आलु उत्पादन हुन्छ । बर्षायाममा माथिल्लो र हिउ“दमा बेशि क्षेत्रमा उत्पादन हुने आलु सस्तो भाउमा वजार सम्म पुगेको छ । पहिचान दिदा आलुको मुल्यमा पनि उल्लेख्य सुधार हुने आशा स्थानीय किसान दानवहादुर श्रेष्ठले गरे । अहिले सम्म अरु जिल्लाका व्यवसायीहरुलाई सस्तोमा आलु दिन बाध्य थियौं श्रेष्ठले भने – अव सिधैं हाम्रो ब्राण्ड हाम्रो बजार बनाउने अभियानमा लागेका छौं । ‘अव दोलखा र रामेछापको आलु मुढेको भनेर काठमाण्डौं पुग्दैन, जुन जिल्लाको हो त्यहि जिल्लाको नामले जान्छ’ अध्यक्ष श्रेष्ठले भने ।
मेलुङ्ग सगैं जोडिएको रामेछापको शैलुङ्ग घलेडाडा“, गुफा, झोर, कालापानी, छा“गा, बालुवा, डडुवा र दोरम्बा लगाएतको क्षेत्रको आलु काठमाण्डौंको बजारमा जाने गरेको छ । दोरम्बा बाहेक अन्य क्षेत्रको आलु सवै ढुङ्गे र देउरालीका व्यवसायीले संकलन गरी लैजाने गरेका छन । काठमाण्डौंको बजारमा पुग्दा उक्त आलुले मुढेको आलु भनेर पहिचान बनाएको छ । संकलित आलु मुढे हुदै काठमाण्डौं पुग्ने हो तर मुढेको उत्पादन त्यति धेरै हुदैन, हैन घलेडाडाका आलु उत्पादक किसान लालवहादुर श्रेष्ठ भन्छन – आलु फलाउने हामी , पहिचान मुढेको विकेको छ ।
सिन्धुुपाल्चोकको मुढे बजार केन्द्र हो । आसपासको क्षेत्रमा आलु उत्पादन नहुने हैन । बजार आसपास आलु उत्पादन हुन्छ । त्यसो हुदैमा मुढेमा विक्रीका लागि राखिने आलु सवै स्थानीय हैनन । विभिन्न गाउ“वाट पुगेका हुन ।
स्थानीय सरकार गठन भएपछि दोरम्बा र मेलुङ्ग गाउ“पालिकाले कृषिका पकेट क्षेत्र कार्यक्रम घोषणा गरेका छन । दोरम्बाले डडुवा, गौश्वारा र दोरम्बालाई समेटेर आलु पकेट क्षेत्र घोषणा गरेको गाउ“पालिका अध्यक्ष कमानसिं मोक्तानले वताए । मेलुङ्गले पनि आलु खेतिको लागि अव पकेट क्षेत्र निर्धारण गरी व्यवसायीक उत्पादन वढाउन किसानलाई अनुदान दिने, विउ र किटनाशक विषाधि वितरण गर्ने योजना अघीसारेको अध्यक्ष श्रेष्ठले वताए ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको