मेलुङ्गमा आलु महोत्सव

रामेछाप – आफ्नो क्षेत्रको आलु अर्कै पहिचान बनेर विक्री हुने गरेको पिडा विर्साउन दोलखाको मेलुङ्ग गाउ“पालिकाले आलु महोत्सवनै आयोजना गरेको छ ।
‘ आलु महोत्सवका दुईटा फाईदा छन’ गाउ“पालिका अध्यक्ष नरवहादुर श्रेष्ठ भन्छन – एउटा हाम्रो आलु हो भनेर बजारमा चिनाउने र अर्को व्यवासायिक उत्पादन बढाउने । महोत्सव शुक्रबार र शनिबार साविकको सुकाठोकरमा चल्ने उनले वताए । महोत्सवमा विभिन्न जातका आलुको स्टल राखिएका छन । महोत्सवको शुक्रबार उद्घाटन भएको छ ।
रामेछाप र दोलखाको शैलुङ्ग क्षेत्र, पवटी, सुकाठोकरको माथिल्लो भाग, मेलुङ्ग र डाडाखर्कको उच्च भागमा रातो चक्रे आलु उत्पादन हुन्छ । त्यस क्षेत्रमा उत्पादन भएको आलु किसानहरुबाट दोलखाको ढुङ्गे र देउराली बजारका व्यवसायीले संकलन गरी ‘मुढेको आलु ’ भनेर बजारमा लैजाने गरेका छन ।
‘अव हाम्रो चाहना मेलुङ्गकै आलु भनेर बजारमा जाने हो ’ अध्यक्ष श्रेष्ठले भने । उनले गाउ“पालिकाले त्यसका लागि व्यवसायीक उत्पादन बढाउन र वजारीकरणका लागि सहयोग गर्छ । उनले आलु महोत्सवमा गाउ“पालिकाका सवै आलु उत्पादक किसानको सहभागिता हुने र त्यसबाट बनेका परिकार चखाउने योजना रहेको वताए ।
मेलुङ्ग गाउ“पालिकामा सवै प्रकारको हावापानि पाईने भएकाले हिउ“द बर्षायाममानै आलु उत्पादन हुन्छ । बर्षायाममा माथिल्लो र हिउ“दमा बेशि क्षेत्रमा उत्पादन हुने आलु सस्तो भाउमा वजार सम्म पुगेको छ । पहिचान दिदा आलुको मुल्यमा पनि उल्लेख्य सुधार हुने आशा स्थानीय किसान दानवहादुर श्रेष्ठले गरे । अहिले सम्म अरु जिल्लाका व्यवसायीहरुलाई सस्तोमा आलु दिन बाध्य थियौं श्रेष्ठले भने – अव सिधैं हाम्रो ब्राण्ड हाम्रो बजार बनाउने अभियानमा लागेका छौं । ‘अव दोलखा र रामेछापको आलु मुढेको भनेर काठमाण्डौं पुग्दैन, जुन जिल्लाको हो त्यहि जिल्लाको नामले जान्छ’ अध्यक्ष श्रेष्ठले भने ।
मेलुङ्ग सगैं जोडिएको रामेछापको शैलुङ्ग घलेडाडा“, गुफा, झोर, कालापानी, छा“गा, बालुवा, डडुवा र दोरम्बा लगाएतको क्षेत्रको आलु काठमाण्डौंको बजारमा जाने गरेको छ । दोरम्बा बाहेक अन्य क्षेत्रको आलु सवै ढुङ्गे र देउरालीका व्यवसायीले संकलन गरी लैजाने गरेका छन । काठमाण्डौंको बजारमा पुग्दा उक्त आलुले मुढेको आलु भनेर पहिचान बनाएको छ । संकलित आलु मुढे हुदै काठमाण्डौं पुग्ने हो तर मुढेको उत्पादन त्यति धेरै हुदैन, हैन घलेडाडाका आलु उत्पादक किसान लालवहादुर श्रेष्ठ भन्छन – आलु फलाउने हामी , पहिचान मुढेको विकेको छ ।
सिन्धुुपाल्चोकको मुढे बजार केन्द्र हो । आसपासको क्षेत्रमा आलु उत्पादन नहुने हैन । बजार आसपास आलु उत्पादन हुन्छ । त्यसो हुदैमा मुढेमा विक्रीका लागि राखिने आलु सवै स्थानीय हैनन । विभिन्न गाउ“वाट पुगेका हुन ।
स्थानीय सरकार गठन भएपछि दोरम्बा र मेलुङ्ग गाउ“पालिकाले कृषिका पकेट क्षेत्र कार्यक्रम घोषणा गरेका छन । दोरम्बाले डडुवा, गौश्वारा र दोरम्बालाई समेटेर आलु पकेट क्षेत्र घोषणा गरेको गाउ“पालिका अध्यक्ष कमानसिं मोक्तानले वताए । मेलुङ्गले पनि आलु खेतिको लागि अव पकेट क्षेत्र निर्धारण गरी व्यवसायीक उत्पादन वढाउन किसानलाई अनुदान दिने, विउ र किटनाशक विषाधि वितरण गर्ने योजना अघीसारेको अध्यक्ष श्रेष्ठले वताए ।

सिफारिस

नेपालमा अनलाइन दुर्व्यवहारका घटना बढ्दै, डिजिटल शिक्षाको आवश्यकता‌

काठमाडौं - इन्टरनेटको पहुँच विस्तार तथा सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै नेपालमा अनलाइन दुर्व्यवहारजन्य अपराधका घटनाहरू बढ्दै गएका छन् । सरोकारवाला तथा सञ्चारकर्मीहरूले यस्ता घटनाहरू...

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान गर्दै नेपाल सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने घोषणा गरेको छ। बिहीबार राजधानीमा...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया इनर्जी विक–२०२५’ मा भाग लिएर स्वदेश फर्किएका छन्  । भारतको राजधानी नयाँदिल्लीमा फ्रेबुअरी ११ देखि...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान...

भारतको उर्जा सप्ताहमा भाग लिएर स्वदेश फर्किए उर्जामन्त्री खड्का 

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

तस्वीरमा हेर्नुस् रारा रिसोर्ट शिलान्यास

काठमाडौँ - मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को...

हेलम्बु गाउँपालिकामा ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’ हुँदै

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा 'निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर' हुने भएको...

आज विश्व रेडियो दिवस

काठमाडौँ - आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक...

कस्तो रहला आज देशभरको मौसम?

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला...

धेरै पढिएको