केपी ओलीको पछि लाग्दा महन्थ र राजेन्द्र महतोको बेहाल

केपी ओलीको भाउँतोमा लाग्दाको बेहाल अहिले महन्थ ठाकुर, राजेन्द्र महतोहरूले व्यहोरिरहेका छन् । खासमा उहाँहरू केपीलाई साथ दिन र आफूले पनि केही पाउन त्यो बाटोमा लाग्नुभएको थियो । तर, न दिएको साथ काम लाग्यो, न आफूले केही पाउन सकियो । बरु, भएको पार्टी, सांसद पददेखि जीवनको उत्तराद्र्धमा सिंगो राजनीतिक जीवनमाथि प्रश्न उठ्न पुग्यो । अनि, अमृता अग्रहरि, मनिष सुमन, राजकिशोर यादव, गोविन्द चौधरीजस्ता खम्बाहरू ढलपल भइदिए ।

होला, केपी नै प्रधानमन्त्री रहिरहेको भए निर्वाचन आयोगले यस्तो निर्णय गर्ने थिएन । यही काम निर्वाचन आयोगले गरिदिएको भए त्यतिबेलै नेकपा नफुट्ने थियो । आखिर निर्वाचन आयोगमा नियुक्त प्रमुख आयुक्तदेखि सबै सदस्य केपीकै पत्यारिला थिए । तर, पदच्युत भएपछि उनीहरू पनि केपीका रहेनन् । चोलेन्द्रदेखि निर्वाचन आयोगसम्म सबैले कानुनी काम गरिदिए ।

नत्र, कतिपटक सर्वोच्च अदातलमा संवैधानिक इजलाश गठन भयो, तर कहिल्यै पनि वरिष्ठतम् न्यायाधीशको हैसियतमा ईश्वर खतिवडा त्यसमा राखिएका थिएनन् । तर, जब कानुनी व्यवस्थाको जगमा उक्त इजलाश गठन गर्नुपर्ने बाध्यता आयो, त्यसबाट केपी ओलीलाई चल्न–चट्पटाउन नसक्नेखालको फैसला आइदियो । असार २८ को फैसला ईश्वरले नै लेख्नुभयो । त्यसमा ७० भन्दा बढी रिफ्रेन्स छन् ।

दुनियाँका संविधान, कानुनी सिद्धान्त, राजनीतिक व्यवस्था र प्रणाली उल्लेख गर्दै नेपालको संसदीय व्यवस्थाको व्याख्या गरिएको छ । दुनियाँका राष्ट्रप्रमुख, सरकार प्रमुखहरूले के गर्छन् भन्ने फैसलामै उल्लेख छ । घण्टा तोकेर प्रधानमन्त्री नियुक्त गर्न परमादेशसँगै हरेक बहसकर्ताका प्रश्नको जवाफ दिइएको छ । यो समाचार जनआस्था साप्ताहिकमा छ ।

सिफारिस

काठमाडौं जिल्ला प्रशासनमा ‘पीएएस’ प्रणाली सञ्चालन, प्रधानमन्त्री कार्कीबाट निरीक्षण (तस्विरहरू)

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई सहज बनाउन नवीनतम मोडेलको सार्वजनिक घोषणा प्रणाली (पब्लिक एनाउन्समेन्ट सिस्टम) सञ्चालनमा ल्याएको छ । साेमबार...

फर्पिङमा सामूहिक बेल विवाह समारोह सम्पन्न (तस्वीरहरू)

फम्पि नेवा पुच: को आयोजनामा फर्पिङमा दुई दिनसम्म सञ्चालन भएको यस सांस्कृतिक तथा धार्मिक कार्यक्रम सामूहिक ईहि (बेल विवाह) समारोह  सम्पन्न भएको छ। ईहि नेवार...

नाकाबन्दी कै झल्को दिने गरी ग्यास लिनेको लाइन (तस्वीरहरू)

पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय पेट्रोलियम पदार्थ र ग्यासको अभाव देखिन थालेको छ। यसको प्रभाव देखिएपछि नेपालमा पनि असर पर्न थालेको छ। नेपाल आयल निगमले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

फर्पिङमा सामूहिक बेल विवाह समारोह सम्पन्न (तस्वीरहरू)

फम्पि नेवा पुच: को आयोजनामा फर्पिङमा दुई दिनसम्म सञ्चालन...

नाकाबन्दी कै झल्को दिने गरी ग्यास लिनेको लाइन (तस्वीरहरू)

पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय पेट्रोलियम पदार्थ र ग्यासको...

ड्रोनबाट देखिएको धुम्म काठमाडौं (तस्वीरहरू)

पछिल्लो केही दिनयता बढेको प्रदूषणका कारण काठमाडौं उपत्यकामा धुम्म...

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई...

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका...

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन (तस्वीरहरू)

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको...

धेरै पढिएको