आलमले गरेको अपराधमा कांग्रेस सती जाँदैन : कांग्रेस नेता खतिवडा

नेपाली कांग्रेसका युवा नेता रामहरी खतिवडाले महमद अफताव आलमले गरेको अपराधको सती नेपाली काग्रेस पार्टी जान नसक्ने स्पष्ट पारेका छन् । खतिवडाले नेपाली काग्रेस विधिको शासन र कानुनी राजमा विश्वास गर्ने पार्टी भएकाले अपराधीलाई संरक्षण गर्ने कुरा सोच्न पनि नसकिने बताएका छन् ।

आइतवार संवाद चौतारीले राजधानीका आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै खतिवडाले अनुसन्धानको क्रममा रहेका आलम प्रकरण स्वतन्त्र र पूर्वाग्रह रहित अनुसन्धानलाई काग्रेसले सघाउँने बताए । यदि यो अपराध प्रमाणित भयो भने यो भन्दा ठूलो अपराध केहि हुन नसक्ने भन्दै उनले अपराधीलाई कडा भन्दा कडा कारवाही गरिनु पर्ने बताए । काग्रेस सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्तिका बिषयमा पत्रकारले सोधको प्रश्नमा खतिवडाले देउवाले बोलेको कुरा व्याख्यामा फरक परेको हुन सक्ने तर अपराधीलाई संरक्षण नै गर्न खोजेको हो भने जसले बोलेपनि समर्थन गर्न नसकिने खतिवडाले बताए ।

फरक प्रसंगामा नेता खतिवडाले अब सभामुख चयन हुँदा सभामुख र उपसभामुख मध्ये एक काग्रेसले पाउँने दावी पार्टीको रहने तर यसैको लागि झगडा भने नगर्ने प्रष्ट पारे सत्तारुढ सँग बहुमत रहेकाले उनिहरुले जसलाई बनाउँन चाह्यो उसैलाई बनाउँन सक्ने भन्दै संवैधानिक व्यवस्था अनुरुप सभामुख र उपसभामुख मध्ये एक फरक पार्टीबाट हुनपर्ने जिकिर गरे ।

सिफारिस

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । शिलापत्र मल्टिमिडियामार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

प्राधिकरण प्रमुख शाक्यलाई स्वेतपत्र जारी गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले...

तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन...

धेरै पढिएको