आलमले गरेको अपराधमा कांग्रेस सती जाँदैन : कांग्रेस नेता खतिवडा

नेपाली कांग्रेसका युवा नेता रामहरी खतिवडाले महमद अफताव आलमले गरेको अपराधको सती नेपाली काग्रेस पार्टी जान नसक्ने स्पष्ट पारेका छन् । खतिवडाले नेपाली काग्रेस विधिको शासन र कानुनी राजमा विश्वास गर्ने पार्टी भएकाले अपराधीलाई संरक्षण गर्ने कुरा सोच्न पनि नसकिने बताएका छन् ।

आइतवार संवाद चौतारीले राजधानीका आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै खतिवडाले अनुसन्धानको क्रममा रहेका आलम प्रकरण स्वतन्त्र र पूर्वाग्रह रहित अनुसन्धानलाई काग्रेसले सघाउँने बताए । यदि यो अपराध प्रमाणित भयो भने यो भन्दा ठूलो अपराध केहि हुन नसक्ने भन्दै उनले अपराधीलाई कडा भन्दा कडा कारवाही गरिनु पर्ने बताए । काग्रेस सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्तिका बिषयमा पत्रकारले सोधको प्रश्नमा खतिवडाले देउवाले बोलेको कुरा व्याख्यामा फरक परेको हुन सक्ने तर अपराधीलाई संरक्षण नै गर्न खोजेको हो भने जसले बोलेपनि समर्थन गर्न नसकिने खतिवडाले बताए ।

फरक प्रसंगामा नेता खतिवडाले अब सभामुख चयन हुँदा सभामुख र उपसभामुख मध्ये एक काग्रेसले पाउँने दावी पार्टीको रहने तर यसैको लागि झगडा भने नगर्ने प्रष्ट पारे सत्तारुढ सँग बहुमत रहेकाले उनिहरुले जसलाई बनाउँन चाह्यो उसैलाई बनाउँन सक्ने भन्दै संवैधानिक व्यवस्था अनुरुप सभामुख र उपसभामुख मध्ये एक फरक पार्टीबाट हुनपर्ने जिकिर गरे ।

सिफारिस

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्ट बीचको सहकार्यले निरन्तरता पाएको छ। मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण रूपमा हटाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८३ संशोधन गर्दै शिक्षा...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको जाउलाखेलमा आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा क्यान्भास पेन्टिङमार्फत वातावरण संरक्षणको सन्देश प्रस्तुत गरिएको छ । कांग्रेस...

भर्खरै

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको...

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने...

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

धेरै पढिएको