कांग्रेस कुनै पनि बाहनमा अपराधीको पक्षमा उभिदैन : नेता मिन विश्वकर्मा

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले कुनै पनि बाहनमा कांग्रेसले अपराधीको पक्षपोषण गर्न नसक्ने स्पष्ट पारेका छन् । कांग्रेस सभापती देउवाले त अनुसन्धानलाइ नै प्रभावित हुने गरि आलमको पक्षमा अभिव्यक्ति दिनु भयो नि ? भन्ने प्रश्नमा विश्वकर्माले देउवाले बोलेका कुरा र समाचार बनाउँने कुरामा केहि तादम्यता नमिलेर त्यसो हुन गएको हुन सक्ने भन्दै पछि सभापतिले नै त्यसलाई खण्डन गरेर विज्ञप्ती जारी गरिसकेको स्मरण गराए ।

मंगलवार संवाद चौतारीले राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै विश्वकर्माले पछिल्लो समय माननीयहरुका बारेमा आएका समाचार निकै लज्जाको विषय भएको भन्दै संविधान भन्दामाथि कोहि नभएकाले जुनसुकै ओहदाको भए पनि अपराधीलाई कानुन बमोजिम कारवाही गर्नु पर्नेमा कांग्रेस प्रतिवद्ध रहेको बताए ।

त्यस्तै कार्यक्रममा नेता विश्वकर्माले सत्तारुढ नेकपाले यय अघि सभामुख र उपसभामुख चयन गर्दा बहुमतको दम्भका अधारमा संविधान मिचेर चयन गरेकाले अब भने नेपाली कांग्रेसले त्यस्तो प्रवृतीको सशक्त प्रतिवाद गर्ने पनि बताए । संविधान बमोजिम सभामुख उपसभामुख फरक दल र लिंङ्गको हुनपर्ने व्यवस्था लाई उलंघन गर्दै यसअघि नेकपाले झेली गरेको भन्दै विश्वकर्माले अब त्यो सम्भव नहुने बताए ।

 

 

सिफारिस

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित...

आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, एनएफपिजेले अवार्ड कार्यक्रम गर्दै

काठमाडौं, वैशाख १३ – आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, देशभर विविध कार्यक्रमहरू गरी दिवस मनाइदैछ। वि.सं. १९८४ बैशाख १३ गते गोरखापत्रमा पहिलोपटक समाचारमूलक...

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, एनएफपिजेले अवार्ड कार्यक्रम गर्दै

काठमाडौं, वैशाख १३ – आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता...

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

धेरै पढिएको