कालोबजारी गरेकाे आराेपमा मन्थलीबाट दुई व्यवसायी पक्राउ

रामेछाप – कालोबजारी गरेको आरोपमा रामेछापको मन्थलीमा दुई व्यवसायी पक्राउ परेका छन । अनुगमनको क्रममा कालोवजारी भएको फेला परेपछि स्थानीय प्रशासनले उनिहरुलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएको थियो । पक्राउ पर्नेमा एभरेष्ट गटवे मिनीमार्टका जयकृष्ण अधिकारी र टेकर्स ट्रान्जिट क्याफेकी संचालक पासाङ ल्हमु शेर्पा छन ।

प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले रामेछाप विमानस्थलमा लुक्ला उडानको लागि विदेशी यात्रुको चाप भएको मौका छोपेर खुलेका केहि पसल र होटलले मनमानी ढंगले सामानको मूल्य राखि कालोबजारी गरेको फेला परेकाले उनिहरुलाई कालोवजारी ऐन बमोजिम कारवाहि अघी बढाएको वताईन । पक्राउ परेका दुवैलाई मंगलबार अनुसन्धानको लागि हिरासतमा राख्न रामेछाप जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरी नायव उपरिक्षक संतोषकुमार भट्टराईले वताउनु भएको छ ।

केहि दिन अघि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा विमानस्थल आसपासका होटल तथा पसलमा अनुगमन गर्न पुगेको जिल्ला स्तरिय अनुगमन टोलीले मिनीमार्टमा प्याकेटमा उल्लेख भएको मुल्य छोपेर त्यसको चार गुणा सम्म आफु खुसी मूल्य राखि स्टीकर टांसेको फेला पारेको थियो । जुन कानुन बमोजिम दण्डनिय हो । त्यसैगरी क्याफेले एक कम चियाको १ सय रुपैया, एक बोटल पानीको ८० रुपैया, सादा खानाको ४ सय ५० रुपैया सम्म विदेशी पर्यटक संग असुलेको फेला परेको थियो ।
विमानस्थलमा लुक्लाका लागि उडान बढे सगैं पानी, फलफुल, चिया, चिसो पेय पदार्थ लगाएतका सामाग्रीमा व्यापक ठगि भएको गुनासोको आधारमा अनुगमन भएको प्रशासनले जनाएको छ । हामी फेरी अनुगमनमा जाने तयारीमा छौं प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसीले भन्नुभयो । उहांका अनुसार पक्राउ परेका दुवैलाई कानुन बमोजिम कारवाहि गरी उपभोक्ताको हित संरक्षण गर्न प्रशासन दृढ रहेको छ ।
कालोबजारी ऐनमा कालोवजारी गर्ने लाई २ लाख पचास हजार सम्म जरीवाना, १ बर्ष सम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

सिफारिस

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति भएको छ। हालसम्म ७ जनाको शव फेला परेको छ भने २० जना अझै सम्पर्कविहीन रहेको...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने १८ जनामम्धे तीन प्रहरी छन् । इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि खटिएका तीनजना प्रहरी...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११ राष्ट्रसँग समेत कूटनीतिक सम्बन्ध स्थापना गरी संयुक्त राष्ट्रसंघका सम्पूर्ण १९३ सदस्य राष्ट्रहरूसँग नेपालको सम्बन्ध जोड्न...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११...

चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक

काठमाडौँ — आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको...

सिजन मिडियाले भाद्र दोस्रो साता अवार्ड आयोजना गर्दै, अस्ट्रेलियामा हुने कार्यक्रमको पनि तयारी

काठमाडौं - लामो समयदेखि सामाजिक, सांस्कृतिक र व्यवसायिक क्षेत्रमा...

आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौँ – हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा...

नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

सिगांपुरलाई २ विकेटले हराउँदै नेपालले एसीसी यू-१६ पुरुष इस्ट...

धेरै पढिएको