नेत्रविक्रम चन्द नेतृत्वको समूहले चन्दा आतंक र हिंसा छाडेर संविधान स्वीकार्नु पर्ने जवाफ सरकारले दिएको छ।

नेत्रविक्रम चन्द नेतृत्वको समूहको हालै बसेको बैठकले ‘वार्ताप्रति इच्छुक’ रहेको सार्वजनिक गरेपछि सरकारले हत्या हिंसा छाडनु पर्ने जवाफ दिएको हो।

‘बिप्लव समूहले हत्या हिंसा र चन्दा आतंक छाडेर संविधान स्वीकार्नु पर्छ, यति गरेपछि त खेल नै खत्तम हुन्छ,’ सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले भने, ‘संविधानले दिएका राजनीतिक अधिकार प्रयोग गर्न कसले रोकेको छ र ? तर हत्या हिंसा गर्नेलाई छुट दिदैन।’

बिप्लव समूहले चार महिने चन्दा संकलन अभियान घोषणा गरेकोप्रति पनि आपत्ति जनाए । ‘केका लागि चन्दा संकलन, हत्या हिंसा गर्नका लागि? त्यस्तो काममा सरकार टुलुटुल हेरेर बस्दैन, आवश्यक कानुनी कारवाही गर्छ ।’ मुलुकले धेरै हत्या हिंसा भोगिसकेको उल्लेख गर्दैै संविधानबाट नै राजनीतिक अधिकार प्रयोग गर्न सञ्चार मन्त्री बाँस्कोटाको सुझाव बिप्लव समूहलाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here