काठमाडौं – प्राध्यापक डा. गोविन्द केसीले आफ्नो आन्दोलनलाई कार्तिक १८ गतेसम्म सारेका छन्।
डा. केसीले त्रिभुवन विश्वविद्यालयबाट अवकाश लिँदै गर्दा आफ्ना पुराना माग कार्तिक ८ सम्म पूरा नभए कार्तिक १३ बाट अनशन बस्ने घोषणा गरेका थिए। तर, उनले आफ्नो अल्टिमेटम मिति आउन ५ दिन बाँकी छँदा आफ्नो निर्धारित अनशन कार्यक्रममा केही संशोधन गरेका छन् ।
चिकित्सा शिक्षाको सुधार हुनुपर्ने माग राख्दै केसी लामो समयदेखि संघर्षरत् छन् । सरकारलाई दबाव दिन उनले उनले १६ पटकसम्म अनशन बसिसकेका छन् ।