रामेछापका दुई जना कालोबजारी गर्ने व्यवसायीलाई जरिवाना

रामेछाप – कालोबजारी गरेको अभियोगमा परेका रामेछापका दुई जना व्यवसायीलाई जरिवाना गरी शुक्रबार छाडिएको छ । प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले मन्थलीको एभरेष्ट गेट्वे मिनी मार्टका संचालक जयकृष्ण अधिकारीलाई १ लाख ५ हजार र टेकर्स ट्रान्जिट क्याफेकी संचालक पासाङ ल्हमु शेर्पालाई ७५ हजार जरिवाना लिएर छाड्ने आदेश गरेकी हुन ।

कालाेबजारीमा यति धेरै जरिवाना गरिएकाे रामेछापकाे याे पहिलाे घटना हाे । अधिकारीले उपभोग्य वस्तुमा प्रचलित बजार भाउ भन्दा चौगुणा सम्म मूल्य राखेर सामान विक्री गरेको र लामाले अस्वभाविक मूल्य लिएर होटल संचालन गरेको अभियोगमा स्थानीय प्रशासनले उनिहरु विरुद कालोबजारी ऐन अन्तरगत मुद्धा चलाएको थियो । अधिकारीले आफैले प्याकेट बनाई कम्पनीको मूल्य छोप्ने गरी आफैले मूल्य लेखेको स्टीकर टासेर पर्यटक ठग्दै आएका थिए । त्यसैगरी शेर्पाले संचालनमा ल्याएको क्याफेमा सादा खानाको ४ सय ५० रुपैया र चियाको १ सय रुपैया पानीकाे ८० रूपैया , चाउमिनकाे ४ सय रूयैया सम्म असुलेकाे फेला परेकाे थियाे ।

बुधबार पक्राउ गरेका उनिहरु शुक्रबार धरौंटी वुझाएर रिहा भएका छन । प्रशासनले मिनी मार्टमा लगाएको ताला समेत शुक्रबारनै खाेलीदिएकाे छ । कोहि कसैले लागत भन्दा २० प्रतिशत भन्दा बढी मूल्य लिएर सामान विक्री गरेमा त्यस्तो व्यवसायलाई कालोवजारी गरेको अभियोगमा मुद्धा लाग्ने कानुनमा उल्लेख छ । लुक्लाका लागि रामेछापबाट हवाई उडान हुन थालेपछि विमास्थल आसपास संचालन भएका पसल तथा होटलले पर्यटक सग चर्को शूल्क लिएर सामान विक्री वितरण गरेको गुनासो आएपछि प्रशासनले त्यस क्ष्ँेत्रका पसल तथा होटलमा अनुगमन गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले भविष्यमा यस प्रकारको कार्य भएमा कानुन बमोजिम कारवाहि हुने गरी जरिवाना लिएर दुवै व्यवसायीलाई रिहा गरेको वताएकी छिन । ऐनमा कालोवजारी गर्नेलाई २ लाख ५० हजार सम्म जरिवाना, १ बर्ष सम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

सिफारिस

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ रंगशालामा नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ। खेलमा घरेलु टोली नेपालले चीनलाई...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। हराभरा जंगल, जैविक विविधता, धार्मिक–सांस्कृतिक पहिचान र प्राकृतिक...

नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

भक्तपुर -  नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा ऐतिहासिक पुलुकिसी नाच २०८२ आज शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। परापूर्वकालदेखि जात्राको रूपमा प्रदर्शन...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

भक्तपुर -  नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा...

शिरोमणि दवाडीलाई उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार

काठमाडौँ - नेपाल पत्रकार मञ्चले प्रदान गर्ने उमाकान्त पौडेल...

कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन (तस्विरहरु)

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा...

माघ २४ गते ११औँ प्रधानसेनापति खुला म्याराथन हुने, विजेतालाई कति छ पुरस्कार ?

काठमाडौं - ११औँ प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता–२०८२ आगामी...

 सहायक रेफ्री मरिना धिमाल हवल्दारमा पदोन्नति

फुटबल मैदानमा हातमा झण्डा लिएर अफसाइड र फलको निर्णय...

धेरै पढिएको