रामेछापका दुई जना कालोबजारी गर्ने व्यवसायीलाई जरिवाना

रामेछाप – कालोबजारी गरेको अभियोगमा परेका रामेछापका दुई जना व्यवसायीलाई जरिवाना गरी शुक्रबार छाडिएको छ । प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले मन्थलीको एभरेष्ट गेट्वे मिनी मार्टका संचालक जयकृष्ण अधिकारीलाई १ लाख ५ हजार र टेकर्स ट्रान्जिट क्याफेकी संचालक पासाङ ल्हमु शेर्पालाई ७५ हजार जरिवाना लिएर छाड्ने आदेश गरेकी हुन ।

कालाेबजारीमा यति धेरै जरिवाना गरिएकाे रामेछापकाे याे पहिलाे घटना हाे । अधिकारीले उपभोग्य वस्तुमा प्रचलित बजार भाउ भन्दा चौगुणा सम्म मूल्य राखेर सामान विक्री गरेको र लामाले अस्वभाविक मूल्य लिएर होटल संचालन गरेको अभियोगमा स्थानीय प्रशासनले उनिहरु विरुद कालोबजारी ऐन अन्तरगत मुद्धा चलाएको थियो । अधिकारीले आफैले प्याकेट बनाई कम्पनीको मूल्य छोप्ने गरी आफैले मूल्य लेखेको स्टीकर टासेर पर्यटक ठग्दै आएका थिए । त्यसैगरी शेर्पाले संचालनमा ल्याएको क्याफेमा सादा खानाको ४ सय ५० रुपैया र चियाको १ सय रुपैया पानीकाे ८० रूपैया , चाउमिनकाे ४ सय रूयैया सम्म असुलेकाे फेला परेकाे थियाे ।

बुधबार पक्राउ गरेका उनिहरु शुक्रबार धरौंटी वुझाएर रिहा भएका छन । प्रशासनले मिनी मार्टमा लगाएको ताला समेत शुक्रबारनै खाेलीदिएकाे छ । कोहि कसैले लागत भन्दा २० प्रतिशत भन्दा बढी मूल्य लिएर सामान विक्री गरेमा त्यस्तो व्यवसायलाई कालोवजारी गरेको अभियोगमा मुद्धा लाग्ने कानुनमा उल्लेख छ । लुक्लाका लागि रामेछापबाट हवाई उडान हुन थालेपछि विमास्थल आसपास संचालन भएका पसल तथा होटलले पर्यटक सग चर्को शूल्क लिएर सामान विक्री वितरण गरेको गुनासो आएपछि प्रशासनले त्यस क्ष्ँेत्रका पसल तथा होटलमा अनुगमन गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले भविष्यमा यस प्रकारको कार्य भएमा कानुन बमोजिम कारवाहि हुने गरी जरिवाना लिएर दुवै व्यवसायीलाई रिहा गरेको वताएकी छिन । ऐनमा कालोवजारी गर्नेलाई २ लाख ५० हजार सम्म जरिवाना, १ बर्ष सम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

सिफारिस

ऊर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, के भयो छलफल ?

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ। ‘इण्डिया इनर्जी वीक-२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुगेका मन्त्री...

हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने इजरायली प्रधानमन्त्रीको चेतावनी

इजरायल – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने चेतावनी दिएका छन्। हमासले इजरायलमाथि युद्ध विराम पालना नगरेको आरोप...

आज यी ३ प्रदेशमा हल्का हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यतिबेला (बुधबार बिहान) कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने इजरायली प्रधानमन्त्रीको चेतावनी

इजरायल – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी...

आज यी ३ प्रदेशमा हल्का हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।...

काठमाडौं महानगरले गर्यो यी सडकलाई एकतर्फी

काठमाडौं– काठमाडौं महानगरपालिकाले यातायात आवागमनलाई व्यवस्थापन गरेर थप प्रभावकारी,...

चर्चित राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन

राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन भएको छ। ९२...

 उर्जामन्त्री खड्का भारतको नयाँदिल्ली प्रस्थान

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

प्रचण्डको सचिवालयमा जिम्मेवारी हेरफेर, क–कसले पाए जिम्मेवारी ?

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका...

धेरै पढिएको