काठमाडौं – काठमाडौंमा जुवा खालबाट २५ जना पक्राउ परेका छन् । महाराजगञ्जको एक घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदीका अनुसार पक्राउ पर्नेमा २५ जना रहेका छन् । उनीहरुको साथबाट दुई करोड ६७ लाख रुपैयाँ बरामद भएको उनले जानकारी दिए । पक्राउ परेकाहरुको अनुसन्धान जारी रहेको उनले जानकारी दिए ।