जुवातास खेलिरहेको अवस्थामा  १ सय १४ जना पक्राउ 

 

काठमाडौं – जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १ सय १४ जना पक्राउ परेका छन्। शंखरापुर नगरपालिका-६ सिर्जनसिल संस्थाको छाप्रोमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने श्रीकृष्ण डंगोलसमेत ६ जनालाई नगद ३४ हजार २ सय ८५ रुपैयाँ र १६ थान कौडा सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी कीर्तिपुर नगरपालिका-३ ढाल्पामा कौडा खेलिरहेको अवस्थामा ३८ जनालाई नगद १५ लाख ५४ हजार ६ सय रुपैयाँ र १६ थान कौडा सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

यस्तै काठमाडौं महानगरपालिका-३२ बस्ने २६ वर्षीय दिपक धितालको बिएण्डडी क्याफेमा जुवातास खेलिरहेको अवस्थानमा संचालक धिताल लगायत ८ जनालाई नगद ६३ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

यसै गरि भक्तपुर नगरपालिका-९ सूर्यमणिमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय रामगोपाल प्रजापती लगायत ७ जनालाई नगद १ लाख २५ हजार ८ सय ६५ रुपैयाँ र १ बुक तास सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

लमजुङ, बेशीशहर नगरपालिका-११ चितिस्थित सूर्यसिंह क्षेत्रीको कुखुरापालनको लागि बनाइएको टहरामा कौडा खेलिरहेको अवस्थामा २५ जनालाई नगद २ लाख १६ हजार ४ सय ३० रुपैयाँ र ३२ थान कौडा सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कास्की, पोखरा महानगरपालिका-१७ सांग्रिला चोक बस्ने बिजयप्रसाद आचार्यको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका बिरौटा बस्ने ५८ वर्षीय शिव जी बराल लगायत १० जनालाई नगद १ लाख २४ हजार ९ सय ५५ रुपैयाँ, कौडा र तास सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मोरङ, बिराटनगर महानगरपालिका-८ स्थित कौडा खेलिरहेको अवस्थामा १० जनालाई नगद २ लाख १० हजार ६ सय १० रुपैयाँ र १६ थान कौडा सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-३ स्थित कौडा खेलिरहेको अवस्थामा १० जनालाई ४ लाख ४९ हजार ६ सय ३५ रुपैयाँ र १६ थान कौडा सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको