काठमाडौं – २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी,ईटहरी उपमहानगरपालिका-८ गैसार बस्ने खोटाङ घर भएका २१ वर्षीय बिजय राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले ती महिलालाई डरत्रास देखाई जबरजस्ती करणी गरेको भनि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा   काभ्रेपाँचखाल नगरपालिका-१ ज्यामिरेबोट बस्ने २१ वर्षीय बिक्रम तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

यस्तै १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चैनपुर नगरपालिका-२ बस्ने ४४ वर्षीय तर्बु शेर्पालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here