कांग्रेसको विभाग गठनका विषयमा सकस, फकाउदै देउवा

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विभाग गठनका विषयमा सकस देखिएको छ ।

गत साता नै विभाग गठनको तयारी भएको भए पनि विधानमा व्यवस्था भएभन्दा बढी संख्यामा प्रस्ताव भएपछि सकस देखिएको हो ।

गत ७ कात्तिकमा सभापति शेरबहादुर देउवाले विभाग गठनसहित उपनिर्वाचनका लागि पार्टीका उम्मेदवार टुंगो लगाउन भन्दै केन्द्रीय समिति बैठक बोलाएका थिए ।

सोअघि उनले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग ४२ विभागको प्रस्ताव गरेका थिए ।

तर, पौडेलले भने महासमितिबाट पारित विधानमा २८ विभागको मात्रै व्यवस्था भएकाले सोहीअनुसार नै गठन गरिनुपर्ने, नभए बैठकमा नै सहभागी नहुने भनेपछि बैठक स्थगित गरिएको थियो ।

सो विषयमा सहमति जुटाउन भन्दै सभापति देउवाले बिहीबार बिहान फेरि आफ्नै निवास बूढानीलकण्ठमा पदाधिकारीसहित शीर्ष नेताको बैठक बोलाएका छन् ।

वरिष्ठ नेता पौडेलले उपनिर्वाचनसहित अन्य आवश्यक विषयमा छलफलका लागि बोलाइएको बताए । पौडेलले बैठकमा विभाग गठनसहितका विषय उठाइने बताएका छन् ।

‘उपनिर्वाचनसहितका विषयमा छलफल गर्ने भन्ने छ, विभाग गठनका विषयमा पनि कुरा उठ्छ,’ वरिष्ठ नेता पौडेलले भने ।

कांग्रेसले शुक्रबार भने केन्द्रीय समिति बैठक बोलाएको र सो बैठकमा उपनिर्वाचनका विषयमा उम्मेदवारबारे छलफल गर्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको