काठमाडौं – दक्षिणी धादिङको गजुरी गाउँपालिका-२ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा बिहीबार बिहान भएको बलेरो जिप दुर्घटनामा २४ जना घाइते भएका छन् ।
ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो अनियन्त्रित भई करिब १५ मिटर तल खोलामा खस्दा जिपमा सवार २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डिएसपी) रुपक खड्काले जानकारी दिए ।