मूर्ति बिसर्जनको विषयमा भएको विवादमा झडप हुँदा एक जनाको मृत्यु, ६ जना सुरक्षाकर्मी घाइते

 

कपिलवस्तु – कृष्णनगर नगरपालिका-१ स्थित बढया पोखरीमा लक्ष्मीका मूर्तिहरु विसर्जन गर्ने क्रममा २ पक्षबीच विवाद भई झडप हुँदा कृष्णनगर नगरपालिका-२ स्थित गोलघरमा चिया पसल गरी बस्ने भारत घर भएका १८ वर्षीय सुरज पाण्डेको  मृत्यु भएको छ ।

कृष्णनगर नगरपालिका वडा नम्बर १,२ र ३ का विभिन्न स्थानमा रहेका १३ वटा लक्ष्मीका मूर्तीहरु उक्त पोखरीमा बिसर्जन गर्न विगत वर्षमा झैं लैजाने क्रममा बुधबार दिउँसो रुट प्रयोग गर्न नदिएको विषयलाई लिएर कृष्ण नगरपालिका-२ स्थित बसपार्क चोकमा बिहीबार प्रदर्शनकारीले ट्राफिक प्रहरी बिट तोडफोड तथा आगजनी गरेपछि उक्त क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको थियो ।

सो क्रममा प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा लागेर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलतर्फ गरी ६ जना सुरक्षाकर्मी घाइते भएको र प्रहरीले सम्झाई बुझाई गर्दा समेत अवस्था असामान्य भएपछि स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीद्वारा हवाइ फायर हुँदा प्रदर्शनकारीतर्फका पाण्डेको मृत्यु भएको हो । घाइते सुरक्षाकर्मीहरुलाई उपचारको लागि शिवराज अस्पताल बहादुरगंज पठाइएको र अवस्था सामान्य रहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको