मूर्ति बिसर्जनको विषयमा भएको विवादमा झडप हुँदा एक जनाको मृत्यु, ६ जना सुरक्षाकर्मी घाइते

 

कपिलवस्तु – कृष्णनगर नगरपालिका-१ स्थित बढया पोखरीमा लक्ष्मीका मूर्तिहरु विसर्जन गर्ने क्रममा २ पक्षबीच विवाद भई झडप हुँदा कृष्णनगर नगरपालिका-२ स्थित गोलघरमा चिया पसल गरी बस्ने भारत घर भएका १८ वर्षीय सुरज पाण्डेको  मृत्यु भएको छ ।

कृष्णनगर नगरपालिका वडा नम्बर १,२ र ३ का विभिन्न स्थानमा रहेका १३ वटा लक्ष्मीका मूर्तीहरु उक्त पोखरीमा बिसर्जन गर्न विगत वर्षमा झैं लैजाने क्रममा बुधबार दिउँसो रुट प्रयोग गर्न नदिएको विषयलाई लिएर कृष्ण नगरपालिका-२ स्थित बसपार्क चोकमा बिहीबार प्रदर्शनकारीले ट्राफिक प्रहरी बिट तोडफोड तथा आगजनी गरेपछि उक्त क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको थियो ।

सो क्रममा प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा लागेर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलतर्फ गरी ६ जना सुरक्षाकर्मी घाइते भएको र प्रहरीले सम्झाई बुझाई गर्दा समेत अवस्था असामान्य भएपछि स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीद्वारा हवाइ फायर हुँदा प्रदर्शनकारीतर्फका पाण्डेको मृत्यु भएको हो । घाइते सुरक्षाकर्मीहरुलाई उपचारको लागि शिवराज अस्पताल बहादुरगंज पठाइएको र अवस्था सामान्य रहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको