घरेलु फोहोरको दिगो व्यवस्थापनमा प्रबिधिको प्रयोग आवश्यक

  • चन्द्रमणि भट्टराई
    काठमाडौं – यस बर्ष बिश्व बसोबास र सहरी योजना गरी दुईवटा दिवस एकै दिन मनाइएको छ । हरेक बर्षको अक्टोवर २ तारिख मनाउनु पर्ने बसोबास दिवस र अक्टोबर ३१ तारिक मनाइने पर्ने विश्व सहरी दिवसलाई संयोजन गरेर आज कार्यक्रम मनाइएको हो । यसपछि नोभेम्बर ८ तारिखका दिन यसै प्रकारको अर्को दिवस बिश्व सहरी योजना दिवस आउँदैछ ।

दिवसका अवसर पारेर राजधानीमा अग्रणि प्रबिधिबाट फोहोरबाट मोहोर बिषयक कार्यशाला आयोजना गरिएको थियो । कार्यशाला उद्घाटन गर्दै सहरी बिकास मन्त्री मोहम्मद इश्तियाक राईले — फोहोर उत्पादनसँग व्यवस्थापन प्रणाली नजोडिएकाले जति प्रयत्न गरे पनि समस्या जहाँको त्यहीँ रहेको धारणा राख्नुभयो । बिकसित मुलुृकमा फोहोर सामान बस्तु उत्पादन गर्दा त्यसको प्रयोगपछि बाँकी रहने बस्तुको व्यवस्थापन प्रणालीका बिषयमा कार्यक्रम बनाइएको हुन्छ तर नेपालमा त्यस्तो भएन । सामान उत्पादन गर्ने उत्पादनलाई प्रयोगमा नआएको बस्तु फालिँदा पनि ख्याल छैन । फोहोरको दिगो समाधान नहुनुको एउटा कारण यो हो । उहाँले अर्को कारण देखाउँदै भन्नुभयो — उचित प्रबिधि छनौट गरेर कार्यान्वयनमा ल्याउन नसक्नु अर्को कारण हो । उहाँले काठमाडौंको फोहोर व्यवस्थापनको प्रसङ्ग उठाउँदै भन्नुभयो — क्षेत्राधिकार बाझिएकाले मन्त्रालयलाई पनि काम गर्न गाह्रो छ । बञ्चरे डाँडाको पूर्वाधार बनाएर ल्याण्डफिल्ड साइट बनाउने काम गरिरहेका छौं तर अहिलेसम्म यसलाई प्रबिधिमैत्री बनाउने बिषयमा सोच छैन ।

सोही अवसरमा बोल्दै मन्त्रालयका सचिव मधुसुदन अधिकारीले भन्नुभयो — हामीले पैसा तिरेर फोहोर किनिरहेका छौं । पैसा तिरेकोमध्ये कति फोहोर हो, किन्नेबेलामा नै सोचेर व्यवहार गर्ने हो भने व्यवस्थापनको गतिलो काम त्यहीँबाट शुरु हुन्छ । व्यत्तिःको आचरणमा परिवर्तन आएसँगै श्रोतमै घट्ने वा प्रयोग गरेपछि वातावरणमै मिसिएर सकिने फोहोरको मात्रा घट्दै गएको छ । त्यसैले चिन्ता बढेको हो । कार्यक्रममा सहरी बिकास तथा भवन निर्माण बिभागका महानिर्देशक मणिराम गेलालले — वातावरणमैत्री ल्याण्डफिल्ड साइट बनाउँछौं भन्दा समुदायले बिश्वाश नगरेकोले काम अघि बढाउन कठिन भएको बताउनुभयो । काठमाडौंको फोहोर व्यवस्थापन बञ्चरेडाँडाको पूर्वाधार आउँदो मंसिर १ गतेसम्ममा सक्ने योजना थियो । त्यो करीब २० दिन लम्बिने छाँट छ । उहाँले थप्दै भन्नुभयो — काठमाडौं बाहिर साइट बनाउन खोजेको जनताले बिश्बाश नै गरेनन् । ठाउँमा बिवाद भएपछि काम अघि बढ्नै सकेन ।

नेपालको परम्परागत फोहोर व्यवस्थापनका लागि प्रबिधि भएर मात्र पनि हुँदैन । यहाँको आवश्यकता अनुसारको प्रबिधि चाहिन्छ । त्यसलाई परिचालन गर्न उपयुक्त नीतिगत प्रबन्ध हुनुपर्छ, कार्यशालाका मुख्य बक्ता मनोहर भट्टराईले प्रबिधि प्रयोग गरेर तथ्याङ्क संकलन गरेपछि कार्यक्रम तर्जुमा गर्ने आधार बन्ने बताउनुभयो । त्यस्तै खाली सिसी डटकमकी संस्थापक आयुषी के. सी. ले प्रभावकारी साना कार्यक्रमको ठूलो प्रभाव पर्ने बताउनुभयो ।

कार्यशालामा भुषण श्रेष्ठले फोहोर व्यवस्थापनका लागि सृजनात्मक सूचना प्रबिधि प्रणालीको प्रयोग, दर्पण पुडासैनीले सूचना संकलन र तथ्य बिश्लेषणका लागि ड्रोन प्रबिधिको प्रयोग र करुणा अधिकारीले बिपद्जन्य फोहोर व्यवस्थापनमा प्रबिधि बिषयक प्रस्तुतकरण गर्नुभएको थियो । कार्यशालालाई पोखरा महानगर, हरिवन नगरपालिका, नेपाल नगरपालिका संघलगायतका संघसंस्थाहरुसँग भिडियो कन्फरेन्समार्फत सहभागी गराइएको थियो ।

कार्यशालामा फोहोरको दिगो व्यवस्थापनका लागि उपयुक्त प्रबिधिको प्रयोग गर्नु पर्ने, फोहोर व्यवस्थापनको कामलाई रोजगार दिने क्षेत्रका रुपमा हेर्नुपर्ने, यसले जनस्वास्थ्य र वातावरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकोले प्राथमिक कामका रुपमा कार्य सम्पन्न गर्नुपर्ने, यसभित्र भएका औपचारिक र अनौपचारिक पक्षलाई छुट््याएर हेर्नुपर्ने, फोहोर व्यवस्थापनका लागि स्थानीय तहको शासकीय क्षमता बढाउनु पर्ने, फोहोरको उत्पादनमा कमी गर्ने, उत्पादित फोहोरमध्ये जैबिक र अजैबिक फोहोर छुट््याउनु पर्ने, फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनका पक्षलाई कतै अन्तरसम्बन्धित बनाएर त कतै छुट््याएर काम गरिनुपर्ने सुझाव प्राप्त भएका थिए । यस प्रकारको काम गर्दा प्रबिधिलाई अबलम्बन गर्न सकियो भने व्यवस्थापनमा लागत घट्ने उहाँहरुको भनाइ थियो ।

कार्यशालामा युएन ह्याबिट््याटका कार्यक्रम व्यवस्थापक पद्मसुन्दर जोशीले संयुक्त राष्ट्र संघका
विश्व बसोबास दिवस सन् १९८५ मा संयुक्त राष्ट्र संघको महासभावाट स्वीकृत भएपछि मनाउन थालिएको दिवस हो भने विश्व सहरी दिवस यसै महिनाको ३१ तारिखका दिन मनाइन्छ । यस बर्ष बसोबास दिवसको नारा (फ्रन्टियर टेक्नोलोजिज एज एज एन इनोभेटिभ टुल टु ट्रान्सफर्म बेस्ट टु वेल्थ) अग्रणि प्रबिधिबाट फोहोरबाट मोहोर रहेको छ भने सहरी दिवसको नारा इनोभेसन्स एण्ड बेटर लाइफ फर फ्युचर जेनेरेसन रहेको छ । आउँदो दिवस अर्थात् सहरी योजना दिवस सन् १९४९ मा प्राध्यापक कार्लोस मरिया डेला पाउलेराले अगाडि बढाउनु भएको अवधारणामा आधारित दिवस हो । यी सबै ३ वटै दिवसको लक्ष्य — सुरक्षित, व्यवस्थित र योजनावद्ध बिकासको आवश्यकतालाई समुदायमा वोध गराउनु रहेको हो ।

सिफारिस

भुटान पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई विमानस्थलमा ‘रेड कार्पेट’सहितको स्वागत

निजी भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह भुटान पुगेका छन्। ५ सदस्यीय टोलीसहित पूर्वराजा शाह बिहीबार भुटान गएका हुन्। उनलाई राजधानी थिम्पुमा राजकुमारीले स्वागत गरेकी छिन्।...

बीपी राजमार्ग दशैंअघि खुल्ला ? मन्त्रालयले दियो यस्तो जवाफ

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि पूर्णरुपमा सञ्चालन हुन नसक्ने जनाएको छ । बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले बीपी राजमार्गको...

मिथिलामा ‘दशहरा’ पर्व सुरु

महोत्तरी– प्राचीन मिथिलाक्षेत्रमा ‘दशहरा’ पर्व सुरु भएको छ । मिथिलामा शारदीय नवरात्र र दशहरा भनिने बडादशैँ पर्वको पहिलो दिन आज महोत्तरीसहितका यस क्षेत्रमा कलश...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बीपी राजमार्ग दशैंअघि खुल्ला ? मन्त्रालयले दियो यस्तो जवाफ

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दशैं...

मिथिलामा ‘दशहरा’ पर्व सुरु

महोत्तरी– प्राचीन मिथिलाक्षेत्रमा ‘दशहरा’ पर्व सुरु भएको छ ।...

त्रिदेशीय टी-२० क्रिकेट: ओमानविरुद्ध नेपालको शानदार जित

क्यानडा – कप्तान रोहित पौडेलको अलराउण्ड प्रदर्शनमा नेपालले ओमानविरुद्ध...

सुरु भयो दशैं, आज घटस्थापना

काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने...

फेरि देशभर मनसुनी वायु सक्रिय : कोशी र बागमतीमा भारी वर्षा

काठमाडौं – देशभर मनसुनी वायुको प्रभावले विभिन्न ठाउँमा पानी...

टी–२० सिरिज: घरेलु टोली क्यानडासँग नेपाल पराजित

ओमानसम्मिलित त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली...

धेरै पढिएको