महराविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दायर

काठमाडौं – निर्वतमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगमा बिहीबार मुद्दा दायर गरिएको छ ।

आफ्नै सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयासका आरोपित महराविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको अभियोगपत्र दायर गरेको हो ।

बिहीबारै थुनछेक बहस हुने भनिएपनि समयाभावका कारण हुनसकेन । उनलाई अदालतले न्यायिक हिरासतमा पठाइएको छ । थुनछेक बहस भने शुक्रबारमात्रै हुनेछ ।

संसद सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका महरालाई प्रहरीले असोज १९ गते पक्राउ गरेको थियो ।
त्यसयता पटक-पटक म्याद थप गर्दै प्रहरीले महराविरुद्ध अनुसन्धान गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले महरालाई असोज २८ गते पक्राउ परेदेखि १३ दिन थुनामा राख्न म्याद दिएको थियो । त्यस्तै, अनुसन्धान नसकिएको भन्दै प्रहरीले कात्तिक ३ गते फेरि पाँच दिनका लागि म्याद लिएको थियो ।

अनुसन्धान सकाएर प्रहरीले बुझाएको प्रतिवेदनअनुसार सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेको हो । अभियोगपत्रमा महरालाई पाँच वर्षसम्म कैदको माग गरिएको छ ।

यसैगरी, पदीय मर्यादाविपरीत कार्य गरेको भन्दै थप सजाय पनि माग गरिएको छ । अभियोगपत्रमा क्षतिपूर्तिकोसमेत माग गरिएको छ ।

अभियोगपत्र दर्तासँगै अब थुनछेक बहस गरिने छ । त्यसपछिमात्र महरा साधारण तारेखमा छुट्ने, धरौटीमा छुट्ने वा थुनामा जाने भन्ने टुंगो लाग्ने छ । यद्यपि, स्वास्थ्य समस्या देखाउँदै महरा नर्भिक अस्पतालमा बस्दै आएका छन् ।

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको