एक अध्ययन अनुसार; आधाभन्दा धेरै महिलाहरुको ‘ब्याकअप पार्टनर’

घरमा श्रीमती छाडेर श्रीमानले अरुलाई मन पराएको र घरबार नै बसाएको घटना त धेरै आउने गर्छ । तर, कुनैपनि सम्बन्धमा रहेका महिलाहरु पनि आफ्नो भावना साझेदार गर्न र यदि श्रीमान्ले धोका दिएको अवस्थाका लागि भनेर ‘ब्याकअप पार्टनर’ राख्छन् भन्ने कुरा सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । जमाना बदलिएको छ । एक अध्ययनले आधाभन्दा धेरै महिलाहरुको ‘ब्याकअप पार्टनर’ हुने गरेको देखाएको छ ।

डेलिमेलले विभिन्न देशका शहरहरुमा गरेको अध्ययनपछि तयार पारेको रिपोर्ट अनुसार आधाभन्दा धेरै महिलाहरुले चलिरहेको सम्बन्ध बाहेक पनि छुट्टै सम्बन्धको योजना बनाउने गरेका छन् । धेरै विवाहित महिलाहरुले आफ्नो दिमागमा ब्रेकअप भयो भने त्यसपछिको सम्बन्धको लागि ‘ब्याकअप पार्टनर’को बारेमा सोच्ने गरेका छन् । प्रायले आफ्नो भावना सुनाउन र श्रीमान्ले समय नदिएको खण्डमा ब्रेकअप नै गर्न परेपनि त्यसको विकल्प तयार गर्ने गरेको अध्ययनमा उल्लेख छ ।

महिलाहरुले आफ्नै पुराना साथीहरु, आफ्नो पूर्व प्रेमी वा पूर्व पतिलाई पनि ‘ब्याकअप पार्टनर’को रुपमा अघि सार्ने गरेका छन् । साथमा कार्यालयका सहकर्मी एवं अरु कोही यस्तो योजनाका हिस्सेदार हुनसक्छन् ।

झण्डै एक हजार महिलामा गरिएको यो अध्ययनका क्रममा धेरैले आफ्नो भावना सुनाउन र सहयोग माग्नको लागि ‘प्लान बी’ साथीहरु बनाउने गरेको सुनाए । त्यस्तै, अध्ययनमा संलग्नमध्ये ४० प्रतिशतले उनीहरुसँगको कुराकानीबारे परिवारमा समेत जानकार रहेको बताए । यद्यपि परिवारकाले ‘ब्याकअप पार्टनर’को रुपमा नभई पुरानो साथीको रुपमा चिन्ने गर्छन् ।

सो अध्ययनले भन्छ, ‘प्रायः आधा महिलाले हालको पार्टनरबाट अलग भएमा ब्याक अप योजना बनाएका हुन्छन् । यसले मूलतः यो संकेत गर्दछ कि एक महिलाको मनमा अर्को मानिस छ । उसको योजना-२ को रूपमा ‘ब्याकअप पार्टनर’ रहेको घटना वास्तवमा विवाहित महिलाहरुमा बढी देखिन्छ ।’

ब्याकअप पार्टनर प्रायः एक पुरानो साथी हो । जसले महिलाहरुको मनलाई भावनात्मक रुपमा जितेको हुन्छ । नजिक हुँदा श्रीमान्सँग केही असामन्जस्यता हुनसक्छ । त्यस्तो बेलामा गुनासो पनि महिलाहरुले तिनै ‘प्लान-बी’लाई सुनाउने गर्छ । ती पार्टनरले उनीहरुको पीडा सुन्ने गर्छन् । सर्वेक्षणमा उपस्थित भएका मध्ये धेरैले विवाहको ५/७ वर्षपछिदेखि यस्तो योजना बनाउन सुरु गरेको बताए । यसैबीच, १० मध्ये एक महिलाले उनीहरुको प्लान-बी पार्टनरहरुले आफ्नो भावना स्वीकार गरिसकेको समेत जनाएका छन् ।

दशमध्ये चारभन्दा बढी महिलाले अर्को सम्बन्धको बारेमा सम्बन्धित अर्को पुरुष वा प्लान-बी परिचित थिए । केही महिलाहरुले भने आफ्नो भावना श्रीमानसँग भन्दा आफ्नो ‘ब्याकअप पार्टनर’सँग बढी हुने गरेको बताए । सो अध्ययन अनुसार करिब १२ प्रतिशत महिलाले ‘प्लान-बी’प्रति उनीहरूको भावना हालको पार्टनरसँग भन्दा बलियो रहेको बताए ।

अचम्मको कुरा त के छ भने धेरै महिलाको ब्याकअप पार्टनर श्रीमानका साथीहरु समेत छन् । यसको अर्थ आफ्नो श्रीमान्को साथीसँग धेरैको मन बस्ने गरेको छ । तर, केही यस्ता महिलाहरु पनि अध्ययनको क्रममा भेटिए जसले आफ्नो प्लान बीसँगको योजना पूरा हुनको लागि यताको घर बिग्रन्छ कि ? भन्ने बारेमा चिन्ता पनि जाहेर गरे ।

“घाँस जहिलै पनि हरियो हुँदैन’ भन्ने एक उक्ति जस्तै महिलाहरु पनि सधैं र सबै पतिव्रता नै हुन्छन् भनेर ढुक्क हुन सक्ने अवस्था नरहेको यो अध्ययनको निष्कर्ष हो । जसरी पुरुषहरुले महिलाहरुलाई देख्नेबित्तिकै घरमा श्रीमती भएपनि मन पराउने गर्दछन् । त्यसैगरी महिलाहरुले पनि आफ्नो ‘ब्याकअप पार्टनर’ राख्ने कुरा यो अध्ययनले देखाएको छ । त्यसमा पनि घरमा समय नदिने, समय समयमा बाहिर घुमाउन नलैजाने श्रीमान्का श्रीमतीहरु धेरै व्याकअप पार्टनरतिर ध्यान केन्द्रित गर्ने गरेको भेटिएको छ । अहिले त झनै यसमा पनि सजिलो भएको छ । फेसबुक ट्वीटर आदिका कारण सम्पर्कको लागि सहज भएको छ । यसमा आफ्नो स्कूल क्याम्पस पढ्दाको पुरानो साथीसँग पनि सम्पर्क हुन सजिलो भएको छ । त्यसले गर्दा पनि यस्तो व्यवहार धेरै हुने गरेको निष्कर्ष छ ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको