महराको पक्षमा बहस गर्न कानुन व्यवसायीको ताँती, ३० जनाले नाम भरे

काठमाडौँ–  संसद सचिवालयकी महिला कर्मचारीलाई करणी उद्योगको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराको शुक्रबार बयान लिइएको छ। बयान लिइए पनि शुक्रबार थुनछेकको बहस भने सुरु भएन।

आइतबार थुनछेक बहस हुने छ। सम्भवत आइतबार नै थुनछेकको आदेश आउने छ। काठमाडौँ जिल्ला अदालतका मुख्य न्यायाधीश सुदर्शन पान्डेको एकल इजलासले थुनछेकको आदेश गर्ने छ। महरालाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी माग्ने वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश हुने छ।

काठमाडौँ जिल्ला अदालत स्रोतका अनुसार शुक्रबारसम्म महराको पक्षका वकालत गर्न ३० जना कानुन व्यवशायीले वकालत नाम भरेका छन्। रमन श्रेष्ठ, मुरारी सापकोटालगायत कानुन व्यवशायीले महराको पक्षमा वकालत गर्न वकालत नामा भरेको काठमाडौँ जिल्ला अदालत स्रोतले जनाएको छ।

महरानिकट एक कानुन व्यवसायीका अनुसार महराको पक्षमा वकालत गर्न वकालत नामा भर्न सक्ने कानुन व्यवशायीको संख्या अझ बढ्न सक्ने छ। ‘ वकालत नामा धेरैले भरेपनि ५/६ जना मात्र कानुन व्यवशायीले बहस गर्ने तयारी छ’, महरानिकट ती कानुन व्यवसायीले भने।

जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार जबरजस्ती करणी उद्योगअन्तर्गत मुद्दा दर्ता गरेपछि काठमाडौँ जिल्ला अदालतमा शुक्रबार महराको बयान  दिनभर लिइएको थियो। बयानका क्रममा उनले आफू पीडित भनिएकी महिलाको कोठामा नगएको दाबी गरेका छन्।

सिफारिस

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ को रथारोहण शनिबार सम्पन्न गरिएको छ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकालेर मच्छिन्द्रनाथलाई...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

धेरै पढिएको