महराको पक्षमा बहस गर्न कानुन व्यवसायीको ताँती, ३० जनाले नाम भरे

काठमाडौँ–  संसद सचिवालयकी महिला कर्मचारीलाई करणी उद्योगको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराको शुक्रबार बयान लिइएको छ। बयान लिइए पनि शुक्रबार थुनछेकको बहस भने सुरु भएन।

आइतबार थुनछेक बहस हुने छ। सम्भवत आइतबार नै थुनछेकको आदेश आउने छ। काठमाडौँ जिल्ला अदालतका मुख्य न्यायाधीश सुदर्शन पान्डेको एकल इजलासले थुनछेकको आदेश गर्ने छ। महरालाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी माग्ने वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश हुने छ।

काठमाडौँ जिल्ला अदालत स्रोतका अनुसार शुक्रबारसम्म महराको पक्षका वकालत गर्न ३० जना कानुन व्यवशायीले वकालत नाम भरेका छन्। रमन श्रेष्ठ, मुरारी सापकोटालगायत कानुन व्यवशायीले महराको पक्षमा वकालत गर्न वकालत नामा भरेको काठमाडौँ जिल्ला अदालत स्रोतले जनाएको छ।

महरानिकट एक कानुन व्यवसायीका अनुसार महराको पक्षमा वकालत गर्न वकालत नामा भर्न सक्ने कानुन व्यवशायीको संख्या अझ बढ्न सक्ने छ। ‘ वकालत नामा धेरैले भरेपनि ५/६ जना मात्र कानुन व्यवशायीले बहस गर्ने तयारी छ’, महरानिकट ती कानुन व्यवसायीले भने।

जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार जबरजस्ती करणी उद्योगअन्तर्गत मुद्दा दर्ता गरेपछि काठमाडौँ जिल्ला अदालतमा शुक्रबार महराको बयान  दिनभर लिइएको थियो। बयानका क्रममा उनले आफू पीडित भनिएकी महिलाको कोठामा नगएको दाबी गरेका छन्।

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको