साहित्य रचना वाचन गरी यसरी सम्झिए स्वर्गीय जगदीश घिमिरेलाई रामेछापवासीले

रामेछाप – साहित्यकार जगदीश घिमिरेको स्मरणमा विहिबार उनको जन्मथलो रामेछापको मन्थलीमा स्मृति सभा तथा साहित्य कार्यक्रमको आयोजना गरियो ।
घिमिरे संस्थापक रहेको तामाकोशी सेवा समितिका अध्यक्ष गुञ्जवहादुर श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा बरिष्ठ साहित्यकार तथा समाजसेवि स्वर्गीय घिमिरेले अघी सारेका समाजसेवा, साहित्य र राजनीतिक विचारको चर्चा गरिएको थियो । कार्यक्रममा स्वर्गीय घिमिरेले विलासी जिवन र लोभलाग्दो जागिर छोडेर रामेछापको दुर्गम गाउंमा समाजसेवा गरेको कुरा सहभागिले पटक पटक व्यक्त गर्दै उनको योगदान जिवन्त हुने वताएका थिए ।
स्वर्गीय घिमिरे २००२ सालमा रामेछापको मन्थलीमा जन्मेका थिए । उनले २०४० साल देखि रामेछापको मन्थलीमा तामाकोशी सेवा समिति स्थापना गरी समाज सेवा थालेका थिए । समाजसेवामा क्रियासिल रहेकै बेला घिमिरेलाई मल्टिपल माईलोमा क्यान्सर लागेको र त्यसैबाट थलिएर २०७० कात्र्तिक १४ गते काठमाण्डौंमा उनको निधन भएको थियो ।
युवा अवस्थामा घिमिरेद्वारा लिखित उपन्यास लिलामीले कृति कमाएपछि उनको साहित्यीक यात्रा सुरु भएको थियो । लिलामी र साविती पछि साहित्यबाट सोझेल परेका उनि बेलायतमा रोजगारीका लागि पुगे । रोजगारी छोडेर उनि समाजसेवामा फर्किएका हुन । गरिविले पछि परेको रामेछापमा पिछडिएको समुदायमा उनले खानेपानी, सिंचाई , विद्यालय, कृषि, सहकारी जस्ता काममा हात हालेका थिए । जिल्लाका झण्डै २५ गाविसलाई कार्यक्षेत्र बनाएर दिगो विकासका लागि गरेको समाजपरिचालनको नमुना अझै पनि चर्चा गरीदै छ ।
समाजसेवा गर्र्दै फेरी घिमिरे साहित्यमा जोडिए , साहित्य छोडेर उनी जागिर खान बेलायत गएका थिए । मल्टिपल माइलोमा क्यान्सर लागेपछि उनले आफ्नो जिवन र जगतलाई विष्लेष्ण गर्दै लेखेको अन्तरमनको यात्रा नेपाली साहित्य क्षेत्रमा चर्चाको शिखर चढेका स्वर्गीय घिमिरेले मदन पुरस्कार प्राप्त गरेका थिए । त्यसपछि उनको साहित्य श्रृजना बढ्दै गयो । बर्दी कविता संग्रह र सकस उपन्यास छोडेर उनि साहित्य क्ष्ँेत्रबाट विलाए ।
समाजसेवा, साहित्य , राजनिति र समाजलाई जोडेर लेखेको उक्त अन्तरमनको यात्रा पुस्तकलाई समालोचकहरुले आत्मकथाको नौलो कृति÷आयाम भनेर भन्दै आएका छन । उक्त पुस्तक नेपालमा सवै भन्दा बढी रुचाइएको पुस्तकको कोटीमा पर्छ । उक्त पुस्तक करिव ६० हजार प्रति विक्री भएको थियो । नेपालमा राणाशासन देखि माओवादी आन्दोलनलाइ समेत समेटेर घिमिरेको अन्तिम कृति सकस उपन्यासले पनि उत्तिकै चर्चा कमाएको थियो ।
क्यान्सरले थलिएपछि सक्रिय समाजसेवाबाट साहित्य श्रृजना गर्न जुटेका घिमिरेले रामेछापमा हरेक बर्ष साहित्यीक महोत्सव गर्ने गरेका थिए । देशका ख्यातिप्राप्त साहित्यकार र पत्रकारहरुलाई बोलाएर मन्थलीमा साहित्य सम्मेलन गरेका घिमिरेले जिल्लाको साहित्य , पत्रकारीता र क्यान्सर पिडितलाइ सहयोग पु¥याउनका लागि जगदीश घिमिरे प्रतिस्ठान समेत स्थापना गरेका थिए । उनको देहान्त पछि उक्त प्रतिष्ठानले साहित्यीक कार्यक्रम संचालन गर्दै आएको तामाकोशी सेवा समितिका कार्यकारी निर्देशक गोविन्दप्रसाद घिमिरेले वताए ।
बिहिबार मन्थलीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सचिव लेखवहादुर कार्की, नेकपा नेता आनन्द श्रेष्ठ, राप्रपाका जिल्ला अध्यक्ष रामचन्द्र कंडेल, पत्रकार महासंघका रमेश ढुंगेल, पत्रकार टीकाप्रसाद भट्ट, साहित्यकार डा. सुमन कर्माचार्य, समाजसेवि ध्रुवप्रसाद सुवेदी लगाएतले घिमिरेको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा अप्रिल अधिकारी, भुवनहरी प्रसाई, मुकुन्दहरी प्रसाईं लगाएतले कविता वाचन गरेका थिए ।

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको