काठमाडौं – उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ पर्व सम्पन्न भएको छ।

यसवर्ष छठको चौथो तथा अन्तिम दिन आज व्रतालुहरु बिहान जलाशयमा स्नान गरी उदाएका सूर्यदेवतालाई अर्घ्य दिएपछि छठ विधिवत रूपमा सम्पन्न भएको हो।

३६ घण्टासम्म पानीसमेत नखाई व्रत बसिने यो पर्वमा अस्ताउँदो र उदाँउदो सूर्य देवतालाई अर्घ दिँदै छठीमाताको पूजा आराधना गर्ने गरिन्छ।

अघ्र्य सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने परम्परा रहेको छ ।

हेरौं काठमाडौंमा मनाइएको छठ पर्व तस्बिरमाः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here