आलम प्रकरण : पीडितले फेरे एकाएक बयान, दोषी उम्किन सक्ने

चिम्नी भट्टामा जिउँदै जलाइएको भनिएको व्यक्तिका आफन्तले अदालतसमक्ष बयान फेरेका छन्।

२०६४ सालको संविधानसभाको अघिल्लो दिन राजपुर फरहदवाका पूर्वमन्त्री शेख इद्रिसको घरमा बम विस्फोट हुँदा सरुआठका ओसी अख्तर र त्रिलोकप्रताप सिंहलाई घाइते अवस्थामा जिउँदै इँटाभट्टामा हालेर मारेको आरोप कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई लागेको छ।

ओसीकी श्रीमती आमना खातुनले पति वैदेशिक रोजगारीमा गएको र हालसम्म घर नआएको निवेदन दिएकी छन्। उनको निवेदन दर्ता भई मिसिलमा सामेल गराइएको अदालतका स्रेस्तेदार गुणराज पराजुलीले बताए। यो खबर रौतहटबाट शिव पुरीले आजको कान्तिपुरमा लेखेका छन्।

विस्फोटमा परी घाइते भएको भनिएका भारतको वैरगनियाका शंकर राम चमारले पनि बयान फेरेका छन्। उनल आलम पक्षका कानुन व्यवसायीमार्फत आफू सन् २००१ मा घरमा खाना पकाउने ग्यास विस्फोट भएर घाइते भएको निवेदन दर्ता गराएका छन्।

प्रहरीको अनुसनधानका क्रममा भने उनले शेख इद्रिसको गोठमा पुग्दा बम विस्फोट भएको र छर्राले लागेर घाइते भएको बयान दिएका थिए।

पीडित परिवारले नै एकाएक बयान फेरेपछि हत्यारा उम्किने अवस्था रहेको अर्का पीडित श्रीनारायण सिंहले बताए।

‘यो त साह्रै दुःखलाग्दो कुरा भयो,’ उनले भने, ‘न्यायका लागि लड्दै गर्दा पीडितले नै झुटो निवेदन दर्ता गराएका छन्।’

सिफारिस

ऊर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, के भयो छलफल ?

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ। ‘इण्डिया इनर्जी वीक-२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुगेका मन्त्री...

हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने इजरायली प्रधानमन्त्रीको चेतावनी

इजरायल – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने चेतावनी दिएका छन्। हमासले इजरायलमाथि युद्ध विराम पालना नगरेको आरोप...

आज यी ३ प्रदेशमा हल्का हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यतिबेला (बुधबार बिहान) कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने इजरायली प्रधानमन्त्रीको चेतावनी

इजरायल – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी...

आज यी ३ प्रदेशमा हल्का हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।...

काठमाडौं महानगरले गर्यो यी सडकलाई एकतर्फी

काठमाडौं– काठमाडौं महानगरपालिकाले यातायात आवागमनलाई व्यवस्थापन गरेर थप प्रभावकारी,...

चर्चित राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन

राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन भएको छ। ९२...

 उर्जामन्त्री खड्का भारतको नयाँदिल्ली प्रस्थान

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

प्रचण्डको सचिवालयमा जिम्मेवारी हेरफेर, क–कसले पाए जिम्मेवारी ?

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका...

धेरै पढिएको