आलम प्रकरण : पीडितले फेरे एकाएक बयान, दोषी उम्किन सक्ने

चिम्नी भट्टामा जिउँदै जलाइएको भनिएको व्यक्तिका आफन्तले अदालतसमक्ष बयान फेरेका छन्।

२०६४ सालको संविधानसभाको अघिल्लो दिन राजपुर फरहदवाका पूर्वमन्त्री शेख इद्रिसको घरमा बम विस्फोट हुँदा सरुआठका ओसी अख्तर र त्रिलोकप्रताप सिंहलाई घाइते अवस्थामा जिउँदै इँटाभट्टामा हालेर मारेको आरोप कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई लागेको छ।

ओसीकी श्रीमती आमना खातुनले पति वैदेशिक रोजगारीमा गएको र हालसम्म घर नआएको निवेदन दिएकी छन्। उनको निवेदन दर्ता भई मिसिलमा सामेल गराइएको अदालतका स्रेस्तेदार गुणराज पराजुलीले बताए। यो खबर रौतहटबाट शिव पुरीले आजको कान्तिपुरमा लेखेका छन्।

विस्फोटमा परी घाइते भएको भनिएका भारतको वैरगनियाका शंकर राम चमारले पनि बयान फेरेका छन्। उनल आलम पक्षका कानुन व्यवसायीमार्फत आफू सन् २००१ मा घरमा खाना पकाउने ग्यास विस्फोट भएर घाइते भएको निवेदन दर्ता गराएका छन्।

प्रहरीको अनुसनधानका क्रममा भने उनले शेख इद्रिसको गोठमा पुग्दा बम विस्फोट भएको र छर्राले लागेर घाइते भएको बयान दिएका थिए।

पीडित परिवारले नै एकाएक बयान फेरेपछि हत्यारा उम्किने अवस्था रहेको अर्का पीडित श्रीनारायण सिंहले बताए।

‘यो त साह्रै दुःखलाग्दो कुरा भयो,’ उनले भने, ‘न्यायका लागि लड्दै गर्दा पीडितले नै झुटो निवेदन दर्ता गराएका छन्।’

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको