बंगलादेशका राष्ट्रपति हमिद ४ दिने भ्रमणमा आज नेपाल आउँदै

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद ४ दिने नेपाल भ्रमणमा आउने हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा हमिद आज नेपाल आउनुहुने भएको हो । राष्ट्रपति हमिद दिउसो पौने १ बजे त्रिभूवन अन्तर्रा्ष्ट्रिय विमानस्थल अवतरण गर्नुहुनेछ । नेपाल भ्रमणका क्रममा राष्ट्रपति हमिदले राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली लगायतसँग भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै उहाँले राजनीतिक दलका नेताहरुलाई पनि भेट्नुुहने तालिका रहेको छ । समकक्षी हमिदको सम्मानमा राष्ट्रपति भण्डारीले भोजको आयोजना गर्ने कार्यक्रम रहेको छ । ४ दिने नेपाल बसाइका क्रममा राष्ट्रपति हमिद आज शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग द्विपक्षीय भेटवार्ता तथा राष्ट्रपति भण्डारीद्वारा आयोजित रात्रिभोजमा सहभागी हुनुहुनेछ ।आज नै उहाँले प्रधानमन्त्री केपी शर्माओलीसँग वान टु वान भेटवाता गर्नुहनेछ । त्यस्तै बुधबार उहाँले विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबारको अवलोकन तथा काठमाडौंका अन्य मन्दिरको अवलोकन गर्नुहुने कार्यतालिका छ । त्यस्तै बिहीबार पर्यटकीय नगरी पोखराको भ्रमण गर्ने कार्यतालिका रहेको छ ।

पोखरामा बंगलादेश क्लबले आयोजना गर्ने एक कार्यक्रममा समेत राष्ट्रपति हमिद सहभागी हुनुहुनेछ । भ्रमणको अन्तिम दिन उहाँले काठमाडौंको चन्द्रागिरी हिल्सको अवलोकन गर्ने कार्यतालिका रहेको छ । उहाँ शुक्रबार साँझ ५ बजे स्वदेश फर्कनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा दुई देशबीचको ‘प्राथमिकतायुक्त व्यापार सम्झौता’ लाई पूर्णता दिनुका साथै ‘बीबीआईएन मोटर भेइकल एग्रिमेन्ट’लाई तत्काल कार्यान्वयनमा ल्याउने सहमति हुनेछ । यस्तै, भ्रमणका बेला त्रिदेशीय अर्थात नेपाल, भारत र बंगलादेशसँग सरोकार विषयहरुका साथै दुईदेशीय व्यापारसम्बन्धी विषयमा पनि छलफल हुने बताइएकोे छ ।

यसैबिच महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबारदेखि आउँदो शुक्रबार सम्म रिंगरोडमा ठूला मालवाहक सवारीसाधनहरुलाई रिंगरोडभित्र प्रवेश निषेध गरेको छ । बंगलादेशी राष्ट्रपति अब्दुल हमिदको औपचारिक सद्भावना भ्रमणका क्रममा ट्राफिक व्यवस्थापनको लागि प्रहरीले ठूला मालवाहक सवारीसाधनलाई चार दिनसम्म चक्रपथभित्र प्रवेश गर्न रोक लगाएको हो । यस्तै महाशाखाले पुराना, थोत्रा र बिग्रिरहने सवारीसाधन नचलाउन निर्देशन दिएको छ । आज सूचना जारी गर्दै महाशाखाले मुख्य सवारीमार्गको प्रयोग नगरी वैकल्पिक सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ । भ्रमण अवधिभर अनावश्यक हर्न नबजाउन, ट्राफिक नियम पूर्णपालना गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

सिफारिस

‘प्रचण्ड’ शौचालयमा लडेर घाइते

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी घाइते भएका...

पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं - पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले पुष्टि गर्‍यो...

स्वास्थ्य क्षेत्रमा माफियाको हस्तक्षेप: टेन्डर लुट्न मिडियाको दुरुपयोग

काठमाडौं - नेपालको स्वास्थ्य प्रणाली सुधारको प्रयास भइरहेका बेला यस क्षेत्रमै केही माफियातत्त्वहरू सक्रिय भएर टेन्डर प्रक्रियालाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन्। यस्ता समूहरूले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं - पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन...

स्वास्थ्य क्षेत्रमा माफियाको हस्तक्षेप: टेन्डर लुट्न मिडियाको दुरुपयोग

काठमाडौं - नेपालको स्वास्थ्य प्रणाली सुधारको प्रयास भइरहेका बेला...

उर्जा राज्यमन्त्री गर्बुजाद्धारा पदबहाली

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले...

जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन

काभ्रेपलाञ्चोक - यहाँको मण्डनदेउपुर नगरपालिकाले स्थानीय जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई...

कक्षा १२ को परीक्षा आजदेखि, ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी हुँदै

भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा...

२२ गतेदेखि नागढुंगा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

त्रिभुवन राजपथको नागढुंगा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले...

धेरै पढिएको