बंगलादेशका राष्ट्रपति हमिद ४ दिने भ्रमणमा आज नेपाल आउँदै

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद ४ दिने नेपाल भ्रमणमा आउने हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा हमिद आज नेपाल आउनुहुने भएको हो । राष्ट्रपति हमिद दिउसो पौने १ बजे त्रिभूवन अन्तर्रा्ष्ट्रिय विमानस्थल अवतरण गर्नुहुनेछ । नेपाल भ्रमणका क्रममा राष्ट्रपति हमिदले राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली लगायतसँग भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै उहाँले राजनीतिक दलका नेताहरुलाई पनि भेट्नुुहने तालिका रहेको छ । समकक्षी हमिदको सम्मानमा राष्ट्रपति भण्डारीले भोजको आयोजना गर्ने कार्यक्रम रहेको छ । ४ दिने नेपाल बसाइका क्रममा राष्ट्रपति हमिद आज शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग द्विपक्षीय भेटवार्ता तथा राष्ट्रपति भण्डारीद्वारा आयोजित रात्रिभोजमा सहभागी हुनुहुनेछ ।आज नै उहाँले प्रधानमन्त्री केपी शर्माओलीसँग वान टु वान भेटवाता गर्नुहनेछ । त्यस्तै बुधबार उहाँले विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबारको अवलोकन तथा काठमाडौंका अन्य मन्दिरको अवलोकन गर्नुहुने कार्यतालिका छ । त्यस्तै बिहीबार पर्यटकीय नगरी पोखराको भ्रमण गर्ने कार्यतालिका रहेको छ ।

पोखरामा बंगलादेश क्लबले आयोजना गर्ने एक कार्यक्रममा समेत राष्ट्रपति हमिद सहभागी हुनुहुनेछ । भ्रमणको अन्तिम दिन उहाँले काठमाडौंको चन्द्रागिरी हिल्सको अवलोकन गर्ने कार्यतालिका रहेको छ । उहाँ शुक्रबार साँझ ५ बजे स्वदेश फर्कनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा दुई देशबीचको ‘प्राथमिकतायुक्त व्यापार सम्झौता’ लाई पूर्णता दिनुका साथै ‘बीबीआईएन मोटर भेइकल एग्रिमेन्ट’लाई तत्काल कार्यान्वयनमा ल्याउने सहमति हुनेछ । यस्तै, भ्रमणका बेला त्रिदेशीय अर्थात नेपाल, भारत र बंगलादेशसँग सरोकार विषयहरुका साथै दुईदेशीय व्यापारसम्बन्धी विषयमा पनि छलफल हुने बताइएकोे छ ।

यसैबिच महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबारदेखि आउँदो शुक्रबार सम्म रिंगरोडमा ठूला मालवाहक सवारीसाधनहरुलाई रिंगरोडभित्र प्रवेश निषेध गरेको छ । बंगलादेशी राष्ट्रपति अब्दुल हमिदको औपचारिक सद्भावना भ्रमणका क्रममा ट्राफिक व्यवस्थापनको लागि प्रहरीले ठूला मालवाहक सवारीसाधनलाई चार दिनसम्म चक्रपथभित्र प्रवेश गर्न रोक लगाएको हो । यस्तै महाशाखाले पुराना, थोत्रा र बिग्रिरहने सवारीसाधन नचलाउन निर्देशन दिएको छ । आज सूचना जारी गर्दै महाशाखाले मुख्य सवारीमार्गको प्रयोग नगरी वैकल्पिक सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ । भ्रमण अवधिभर अनावश्यक हर्न नबजाउन, ट्राफिक नियम पूर्णपालना गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको