बुनु श्रेष्ठको ‘साथ हुँदैमा’ (भिडियोसहित)

काठमाडौं – सामाजिक सन्देशमुलक म्युजिक भिडियो ‘साथ हुँदैमा’ सार्वजनिक भएको छ । गत कार्तिक २३ गते भरतपुर, चितवनमा मस्तिष्क पक्षघात प्रभावित बालबालिकाहरुका लागि आयोजित एक वृहत चेतनामुलक कार्यक्रममा उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । मस्तिष्क पक्षघातबाट प्रभावित बालबालिकाहरुको अभिभावक तथा अग्रज समाजसेवीहरुबाट म्युजिक भिडियो सार्वजनिक गरिएको थियो ।

भिडियोले संसारमा मानव सेवा नै ठूलो सेवा भएको र मानवीय सेवामा जस्तो आनन्द अरुमा पाईदैन भन्ने सन्देश दिन खोजेको छ । मानिस धन सम्पत्तिले मात्र सम्पन्न हुन नसक्ने भाव गीतमा सुन्न र देख्न सकिन्छ । विशेषतः सामाजिक अगुवाहरुलाई उत्प्रेरित गर्न गीतकार नरेश कुमार प्रधानले गीतको सिर्जना गरेका हुन् । गीतमा गायिका बुनु श्रेष्ठको स्वर, सजल न्यौपानेको संगीत सिर्जना तथा वि.एन. निराकारको संगीत संयोजन रहेको छ ।

गीतलाई माष्टरिङ तथा मिक्सिङ महेश्वरमान राजभण्डारीले गरेका छन् ।  भिडियोमा नायिका वर्षा राउत र नायक गजित विष्टको मुख्य भूमिका रहेको छ । गम्भीर बिष्टको निर्देशनमा निर्माण भएको भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् भने भिडियोलाई सुवोल थापाले सह–निर्देशन तथा नविन निरौलाले सम्पादन गरेका छन् ।

हेर्नुहोस् भिडियो 

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको