बुनु श्रेष्ठको ‘साथ हुँदैमा’ (भिडियोसहित)

काठमाडौं – सामाजिक सन्देशमुलक म्युजिक भिडियो ‘साथ हुँदैमा’ सार्वजनिक भएको छ । गत कार्तिक २३ गते भरतपुर, चितवनमा मस्तिष्क पक्षघात प्रभावित बालबालिकाहरुका लागि आयोजित एक वृहत चेतनामुलक कार्यक्रममा उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । मस्तिष्क पक्षघातबाट प्रभावित बालबालिकाहरुको अभिभावक तथा अग्रज समाजसेवीहरुबाट म्युजिक भिडियो सार्वजनिक गरिएको थियो ।

भिडियोले संसारमा मानव सेवा नै ठूलो सेवा भएको र मानवीय सेवामा जस्तो आनन्द अरुमा पाईदैन भन्ने सन्देश दिन खोजेको छ । मानिस धन सम्पत्तिले मात्र सम्पन्न हुन नसक्ने भाव गीतमा सुन्न र देख्न सकिन्छ । विशेषतः सामाजिक अगुवाहरुलाई उत्प्रेरित गर्न गीतकार नरेश कुमार प्रधानले गीतको सिर्जना गरेका हुन् । गीतमा गायिका बुनु श्रेष्ठको स्वर, सजल न्यौपानेको संगीत सिर्जना तथा वि.एन. निराकारको संगीत संयोजन रहेको छ ।

गीतलाई माष्टरिङ तथा मिक्सिङ महेश्वरमान राजभण्डारीले गरेका छन् ।  भिडियोमा नायिका वर्षा राउत र नायक गजित विष्टको मुख्य भूमिका रहेको छ । गम्भीर बिष्टको निर्देशनमा निर्माण भएको भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् भने भिडियोलाई सुवोल थापाले सह–निर्देशन तथा नविन निरौलाले सम्पादन गरेका छन् ।

हेर्नुहोस् भिडियो 

सिफारिस

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति भएको छ। हालसम्म ७ जनाको शव फेला परेको छ भने २० जना अझै सम्पर्कविहीन रहेको...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने १८ जनामम्धे तीन प्रहरी छन् । इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि खटिएका तीनजना प्रहरी...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११ राष्ट्रसँग समेत कूटनीतिक सम्बन्ध स्थापना गरी संयुक्त राष्ट्रसंघका सम्पूर्ण १९३ सदस्य राष्ट्रहरूसँग नेपालको सम्बन्ध जोड्न...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११...

चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक

काठमाडौँ — आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको...

सिजन मिडियाले भाद्र दोस्रो साता अवार्ड आयोजना गर्दै, अस्ट्रेलियामा हुने कार्यक्रमको पनि तयारी

काठमाडौं - लामो समयदेखि सामाजिक, सांस्कृतिक र व्यवसायिक क्षेत्रमा...

आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौँ – हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा...

नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

सिगांपुरलाई २ विकेटले हराउँदै नेपालले एसीसी यू-१६ पुरुष इस्ट...

धेरै पढिएको