महरा प्रकरण बाहिर ल्याउने पत्रकार शिवाकोटी पुरस्कृत, पुरस्कृतपछि यस्तो गरे घोषणा

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले इञ्जाअन्तराष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार अजयबाबु शिवाकोटीलाई पुरस्कृत गरेको छ ।

इञ्जा एसियाले आज काठमाडौंको लेखनकुञ्जमा गरेको एक कार्यक्रममा वरिष्ठ मानवअधिकारकर्मी कृष्ण पहाडी,इञ्जा एसियाका अध्यक्ष एवं वरिष्ठ पत्रकार टंक पन्त र पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले पुरस्कृत पत्रकार शिवाकोटीलाई एक हजार डलर नगदसहित प्रशंसापत्र हस्तान्तरण गर्नुभयो ।

पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत शिवाकोटीलाई सो पुरस्कार प्रदान गरिएको हो । वरिष्ठ मानवअधिकारकर्मी पहाडीले नेपाली मिडियाले प्रेस स्वतन्त्रता,मौलिक हक, लोकतान्त्रिक आन्दोलनका लागि सबै भन्दा प्रभावकारी भूमिका खेलेको उल्लेख गर्नुभयो । प्रेस स्वतन्त्रबिना लोकतन्त्र, गणतन्त्रको विकास हुन नसक्ने भन्दै पहाडीले मानव अधिकार र प्रेस स्वतन्त्रता हनन हुने अवस्था आउन नदिन अहिले पनि खबरदारीको आबश्यकता रहेको औल्याउनुभयो ।

संसारभर छरिएका नेपाली पत्रकारहरुको साझा सञ्जाल(इन्जा) को मूख्यालय अमेरिकाको भर्जिनियामा रहेको छ । पुरस्कृत पत्रकार हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिबाकोटीले आफूले पहिलो पटक पाएको पुरस्कारले थप जिम्मेवार हुन प्रेरित गरेको बताउनुभयो । उहाँले प्राप्त गरेको एक हजार डलर पुरस्कारको राशी मध्ये २५ हजार नेपाली रुपैयाँ उपचारका क्रममा हालै मृत्यु भएका युवा पत्रकार डिलप्रसाद शर्माको परिवारलाई हस्तान्तरण गर्ने घोषणा गर्नुभएको थियो ।

सिफारिस

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत सेवा वितरणमा लापरवाही र हेलचक्र्याइँ सह्य नहुने भन्दै सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न...

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

धेरै पढिएको