महरा प्रकरण बाहिर ल्याउने पत्रकार शिवाकोटी पुरस्कृत, पुरस्कृतपछि यस्तो गरे घोषणा

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले इञ्जाअन्तराष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार अजयबाबु शिवाकोटीलाई पुरस्कृत गरेको छ ।

इञ्जा एसियाले आज काठमाडौंको लेखनकुञ्जमा गरेको एक कार्यक्रममा वरिष्ठ मानवअधिकारकर्मी कृष्ण पहाडी,इञ्जा एसियाका अध्यक्ष एवं वरिष्ठ पत्रकार टंक पन्त र पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले पुरस्कृत पत्रकार शिवाकोटीलाई एक हजार डलर नगदसहित प्रशंसापत्र हस्तान्तरण गर्नुभयो ।

पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत शिवाकोटीलाई सो पुरस्कार प्रदान गरिएको हो । वरिष्ठ मानवअधिकारकर्मी पहाडीले नेपाली मिडियाले प्रेस स्वतन्त्रता,मौलिक हक, लोकतान्त्रिक आन्दोलनका लागि सबै भन्दा प्रभावकारी भूमिका खेलेको उल्लेख गर्नुभयो । प्रेस स्वतन्त्रबिना लोकतन्त्र, गणतन्त्रको विकास हुन नसक्ने भन्दै पहाडीले मानव अधिकार र प्रेस स्वतन्त्रता हनन हुने अवस्था आउन नदिन अहिले पनि खबरदारीको आबश्यकता रहेको औल्याउनुभयो ।

संसारभर छरिएका नेपाली पत्रकारहरुको साझा सञ्जाल(इन्जा) को मूख्यालय अमेरिकाको भर्जिनियामा रहेको छ । पुरस्कृत पत्रकार हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिबाकोटीले आफूले पहिलो पटक पाएको पुरस्कारले थप जिम्मेवार हुन प्रेरित गरेको बताउनुभयो । उहाँले प्राप्त गरेको एक हजार डलर पुरस्कारको राशी मध्ये २५ हजार नेपाली रुपैयाँ उपचारका क्रममा हालै मृत्यु भएका युवा पत्रकार डिलप्रसाद शर्माको परिवारलाई हस्तान्तरण गर्ने घोषणा गर्नुभएको थियो ।

सिफारिस

२५ प्रतिशतसम्म बढ्ने भयो सरकारी कर्मचारीको तलब

काठमाडौँ - सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाउने तयारी गरेको छ। विगत तीन वर्षदेखि तलब वृद्धि हुन नसक्दा कर्मचारीमा...

गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने

काठमाडौं - आगामी जेठ १५ गते मनाइने गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह ले सम्बोधन नगर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समारोहमा सम्बोधनका...

कहाँ गए ३ सहायक हबलदारसहित ११ प्रहरी ? सेवाबाट हटाउने चेतावनी

तीनजना प्रहरी सहायक हबलदारसहित ११ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना...

भर्खरै

गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने

काठमाडौं - आगामी जेठ १५ गते मनाइने गणतन्त्र दिवस...

कहाँ गए ३ सहायक हबलदारसहित ११ प्रहरी ? सेवाबाट हटाउने चेतावनी

तीनजना प्रहरी सहायक हबलदारसहित ११ जना प्रहरी कर्मचारीलाई एक...

एमालेमा योगेश भट्टराईको वरीयता सच्याइयो, दोस्रो नम्बरमा उक्लिए

काठमाडौं - नेकपा एमाले का उपमहासचिव योगेश भट्टराई को...

नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त

काठमाडौँ - नेपाली कांग्रेस ले आफ्नो भ्रातृ संस्था नेपाल...

मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा (तस्वीरहरू)

नेपाली राष्ट्रिय महिला भलिबल टोली काठमाडौँमा जारी काभा महिला...

काभा महिला भलिबल : इरानको लगातार दोस्रो जित

काठमाडौं - साबिक विजेता इरानले सेन्ट्रल एसिया भलिबल एसोसिएसन...

धेरै पढिएको