पिस प्वाइन्ट कप अन्तरविद्यालय फुटबल प्रतियोगिता मंसिर १ गते देखि हुने

काठमाडौँको कात्यानी चोक मध्यवानेश्वरमा अवस्थित पिस प्वाइन्ट बोडिङ हाई स्कुलको आयोजनामा चौथो ३६१ डिग्री पिस प्वाइन्ट कप अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगिता मंसिर १ गते देखि हुने भएको छ । चौथो संस्करणको प्रतियोगिता मंसिर १ गते देखि ८ गते सम्म सानोगौचरण फुटबल मैदानमा संचालन हुने छ ।

प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आज संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी दिएको छ । आयोजकले दिएको जानकारी अनुसार यस प्रतियोगितामा पुरुष तर्फ कुल २२ समुह र महिला तर्फ १२ समुहले प्रतिष्पर्धा गर्ने छन् ।

नकआउट चरणमा संचालन हुने प्रतियोगितामा पुरुषतर्फ प्रथम, द्धितीय र तृतीय हुने टिमले क्रमश नगद २५ हजार , १५ हजार र १० हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् भने महिला तर्फ प्रथम , द्धितीय र तृतीय हुने टोलीले नगद क्रमश १५ हजार , १० हजार र ७ हजार प्राप्त गर्ने छन् ।

फुटबल खेललाई अतिरिक्त क्रियाकलापहरुमा पिस प्वाइन्ट बोडिङ स्कुलले मेरुदण्डको रुपमा विकास गरिरहेको र विद्यालय जीवनबाट नै राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सहयोग पुर्याउँने उदेश्यले प्रतियोगिता आयोजना गरिएको र विवादरहित ढंगले प्रतियोगिता सम्पन्न गराउँन हदै तयारी गरिएको आयोजक विद्यालय पिस प्वाइन्ट बोडिङ स्कुलकी प्रिन्सिपल इशु गुरुङले जानकारी दिनुभयो ।

सिफारिस

मिथेन ग्याँस र धौवादी फलामको उत्खनन्बारे ब्रिफिङ :छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र...

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै ओभरपासबाट औपचारिक रूपमा सवारी साधन सञ्चालनमा आएका...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU) को आयोजनामा इटाली संसद भवनमा सम्पन्न दोस्रो अन्तरआस्थीय संवाद सम्मेलनमा सम्बोधन गरेका छन्। “हाम्रो साझा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU)...

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

धेरै पढिएको