भारतले हाम्रो भूमिबाट आफ्ना सेना फिर्ता लैजाओस् : प्रधानमन्त्री ओली

लिम्पियाधुरा–कालापानी–लिपुलेक अतिक्रमण गरी भारतले राजनीतिक नक्सा सार्वजनिक गरेको दुई साता पछि प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित क्षेत्रबाट सेना फिर्ता लैजान आग्रह गरेका छन् ।

जनस्तरबाट चर्को विरोध भइरहदा समेत प्रधानमन्त्री ओलीले कुनै सार्वजनिक अभिव्यक्ति दिएका थिएनन् । तर, आइतबार युवा संघको बैठकमा प्रधानमन्त्री ओलीले एक इन्च पनि नेपाली भूमि मिच्न नदिने बताए । प्रधानमन्त्री ओलीले अतिक्रमित क्षेत्रबाट सेना फिर्ता लैजान समेत आग्रह गरेका छन् ।

“छिमेकी देशले हाम्रो भूमिबाट आफ्ना सैना फिर्ता लैजाओस्” प्रधानमन्त्रीको भनाइ थियो, “सरकार एक इन्च पनि जमिन मिच्न दिदैन ।” कूटनीतिक सम्वादमा समस्या हल गर्ने भन्दैमा उत्शृङ्खल गतिविधि गर्न नपाउने प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले संसदीय समितिको निर्देशनजस्तो नयाँ नक्सा जारी नहुने बताए । “नयाँ होइन, मिचिएको भूमि फिर्ता हुनुपर्छ”, प्रधानमन्त्रीले भने । यो सरकार पहिलेको जस्तो नभएको प्रधानमन्त्रीको भनाइ थियो ।

तर, कुटनीतिक सम्वादमार्फत सीमा विवाद हल गर्न सरकार तयार रहेको समेत प्रधानमन्त्री ओलीले बताए । १ नोभेम्बरमा भारतले नेपाली भूमि समेत समेटेर राजनीतिक नक्सा जारी गरेको थियो । त्यस यता जनस्तरबाट भारतीय कदमको चर्को विरोध भइरहेको छ ।

परराष्ट्र मन्त्रालयले भारतीय नक्सा अस्वीकार्य भएको बक्तव्य जारी गरे पनि प्रधानमन्त्री ओलीले सार्वजनिक अभिव्यक्ति दिएका थिएनन् ।

२३ कात्तिकमा सर्वदलीय बैठक बोलाएर साझा धारणा बनाए पनि २५ कात्तिकमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुपस्थित भए पछि प्रधानमन्त्रीको समेत आलोचना हुन थालेको छ ।

सिफारिस

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८ गतेसम्म आयोजना हुन गइरहेको २० औँ एसियाली खेलकुद (एसियाड) मा नेपालको राष्ट्रिय झण्डा फहराउन जाने...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

भर्खरै

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

धेरै पढिएको