भारतले हाम्रो भूमिबाट आफ्ना सेना फिर्ता लैजाओस् : प्रधानमन्त्री ओली

लिम्पियाधुरा–कालापानी–लिपुलेक अतिक्रमण गरी भारतले राजनीतिक नक्सा सार्वजनिक गरेको दुई साता पछि प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित क्षेत्रबाट सेना फिर्ता लैजान आग्रह गरेका छन् ।

जनस्तरबाट चर्को विरोध भइरहदा समेत प्रधानमन्त्री ओलीले कुनै सार्वजनिक अभिव्यक्ति दिएका थिएनन् । तर, आइतबार युवा संघको बैठकमा प्रधानमन्त्री ओलीले एक इन्च पनि नेपाली भूमि मिच्न नदिने बताए । प्रधानमन्त्री ओलीले अतिक्रमित क्षेत्रबाट सेना फिर्ता लैजान समेत आग्रह गरेका छन् ।

“छिमेकी देशले हाम्रो भूमिबाट आफ्ना सैना फिर्ता लैजाओस्” प्रधानमन्त्रीको भनाइ थियो, “सरकार एक इन्च पनि जमिन मिच्न दिदैन ।” कूटनीतिक सम्वादमा समस्या हल गर्ने भन्दैमा उत्शृङ्खल गतिविधि गर्न नपाउने प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले संसदीय समितिको निर्देशनजस्तो नयाँ नक्सा जारी नहुने बताए । “नयाँ होइन, मिचिएको भूमि फिर्ता हुनुपर्छ”, प्रधानमन्त्रीले भने । यो सरकार पहिलेको जस्तो नभएको प्रधानमन्त्रीको भनाइ थियो ।

तर, कुटनीतिक सम्वादमार्फत सीमा विवाद हल गर्न सरकार तयार रहेको समेत प्रधानमन्त्री ओलीले बताए । १ नोभेम्बरमा भारतले नेपाली भूमि समेत समेटेर राजनीतिक नक्सा जारी गरेको थियो । त्यस यता जनस्तरबाट भारतीय कदमको चर्को विरोध भइरहेको छ ।

परराष्ट्र मन्त्रालयले भारतीय नक्सा अस्वीकार्य भएको बक्तव्य जारी गरे पनि प्रधानमन्त्री ओलीले सार्वजनिक अभिव्यक्ति दिएका थिएनन् ।

२३ कात्तिकमा सर्वदलीय बैठक बोलाएर साझा धारणा बनाए पनि २५ कात्तिकमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुपस्थित भए पछि प्रधानमन्त्रीको समेत आलोचना हुन थालेको छ ।

सिफारिस

पश्चिमी वायुको प्रभाव, यी पाँच प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक...

उल्लू महोत्सवमा झिझिया नाचको रौनक (तस्वीरहरू)

मधेश प्रदेशमा आयोजना हुने उल्लू महोत्सव सांस्कृतिक विविधता झल्काउने महत्वपूर्ण उत्सवहरूमध्ये एक हो। यस महोत्सवमा मिथिला संस्कृतिका विभिन्न परम्परागत कलाहरू प्रदर्शन गरिएको छ ,...

आजदेखि मिथिला बिहारीमा लाटोकोसेरो तथा हुचिल उत्सव (तस्वीरहरू)

जनकपुरको मिथिला बिहारी नगरपालिका-२ र ३ मा आयोजनामा लाटोकोसेरो तथा हुचिल उत्सवको १२औं संस्करण सुरु भएको छ। यो उत्सव दुई दिनसम्म चल्नेछ। उत्सवमा चरा तथा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उल्लू महोत्सवमा झिझिया नाचको रौनक (तस्वीरहरू)

मधेश प्रदेशमा आयोजना हुने उल्लू महोत्सव सांस्कृतिक विविधता झल्काउने...

आजदेखि मिथिला बिहारीमा लाटोकोसेरो तथा हुचिल उत्सव (तस्वीरहरू)

जनकपुरको मिथिला बिहारी नगरपालिका-२ र ३ मा आयोजनामा लाटोकोसेरो...

जनकपुरको उल्लु महोत्सवमा थरीथरीका उल्लु…(तस्वीरहरू)

जनकपुर- धुनुषाको मिथिला विहारी नगरपालिका-२ मा आजदेखि लाटोकोसेरो तथा...

माओवादीको ‘जनयुद्ध’ हिंसा नै हो : एमाले उपाध्यक्ष बादल

काठमाडौँ - नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले माओवादी...

जनकपुरको हटिया बजार (तस्वीरहरू)

जनकपुर — जनकपुरको मिथिला विहारी नगरपालिका-२ मा साप्ताहिक रूपमा...

५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन्...

धेरै पढिएको