रामेछाप – रामेछापको दोरम्बा गाउ“पालिका १ डडुवाको धारा नजिकै यात्रुबाहक जीप सोमबार सा“झ दुर्घटनामा परेको छ । दुर्घटनामा २ जनाकाेे मृृृृत्यु भएकाेे छ , मृृृृृत्यु हुुुुनेमा १२ बर्षिय बालक सहितको २ जनाकाे ज्यान गएको र १० जना भन्दा बढी घाईते भएको उद्धार कार्यमा सम्लग्न गोकर्ण श्रेष्ठले वताएका छन । मृत्यु हुने सनाखत भएकाे छैन । जीपमा १५ जना यात्रु रहेकाे प्रहरीले जनाएकाे छ।
दोलखाको झोरबाट रामेछापको दोरम्बामा पर्ने दहपातालका लागि रिजर्भमा गुडेको उक्त बलेरो सडकबाट करिव २ सय मिटर तल खसेको श्रेष्ठले वताएका छन । घाईतेहरु मध्ये केहिको अवस्था गम्भिर छ । दुर्घटननास्थलबाट घाईतेहरुको उद्धार गरी उपचारका लागि दोरम्बा स्वास्थ्य चौकीमा पठाउने कार्य भइरहेको स्थानीय कुमार शेर्पाले वताए ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक संतोषकुमार भट्टराईका अनुसार दुर्घटनाको जानकारी पाउना साथ दोरम्बा प्रहरी चौकीबाट प्रहरी त्यस तर्फ पठाइएको छ । प्रहरीलाई घटनास्थलमा पुग्न झण्डै १ घण्टा लाग्छ ।
झोरबाट छेवरका लागि ४ वटा गाडि रिजर्भ गरी आउदै गर्दा सवैभन्दा अघीको गाडि खसेको थियो । दुर्घटनाको कारण खुलेको छैन । भट्टराईले दुर्घटनाको पूर्ण विवरण आउन केहि बेर लाग्ने वताएका छन