महरासँगै डिल्लीबजार कारागारमै सार्न आलमको माग

काठमाडौं – कारागारमा राम्रो सुविधा नभएको र अहसज भएको भन्दै मोहम्मद अफताब आलमले आइतबार कारागार कार्यालयलाई सानो ‘चिट’ लेख्दै डिल्लीबजार कारागारमा सार्न माग गरेका छन्। उनले महरालाई डिल्लीबजारमा राखेर आफूलाई नख्खुमा राखिएको बताउँदै महरासँगै डिल्लीबजार कारागारमै सार्न माग गरेका हुन्।

राजपुर बमकाण्डका अभियुक्त आलमलाई गौरबाट नख्खु कारागार ललितपुर सारेपछि उनीमाथि निगरानी बढाइएको छ। आलमलाई भेट्न आउनेको संख्या बढी भएको र सुरक्षा ‘थे्रट’लाई महसुस गर्दै निगरानी बढाइएको कारागार कार्यालयले जनाएको छ। चौतफी निगरानीमा बसेका आलमले प्रहरीमाफर्त कारागार कार्यालयलाई ‘चिट’ पठाएका थिए।

उक्त चिटमा अन्यत्र सार्न माग गरेका छन्। हिन्दी भाषामा लेखिएको ‘चिट’मा आफूलाई असुरक्षा महसुस भएको र अव्यवस्थित भएको लेखेका छन्। तर, कारागार कार्यालयले भने यस विषयमा कुनै जवाफ दिएको छैन। सरकारले दिएको सेवासुविधा सबै कैदी र थुनुवाको लागि समान हुने भएकोले यसबारे कुनै जवाफ दिन नमिल्ने बताएको छ।

‘कारागारभित्र पनि घरमा जस्तै सुविधा खोजेर हुन्न, सरकारले जेजे सुविधा दिनु भनेका छ हामीले ती सुविधा दिएका छौं, कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले भने, ‘यदि माथिल्लो निकायले नै सार्ने निर्णय ग(यो भने हामीले केही भन्न मिल्दैन, तर यहाँ भित्र पसेपछि सबै कैदीको अधिकार समान हुन्छ।’आजको नागरिक दैनिकमा खवर छ ।

सिफारिस

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । शिलापत्र मल्टिमिडियामार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

प्राधिकरण प्रमुख शाक्यलाई स्वेतपत्र जारी गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले...

तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन...

धेरै पढिएको