नेपालीले बनाए गज्जबको एप, अब सबै मोबाईल एप ‘Social App’ मा !

फेसबुक, ट्वीटर, युट्युब, टिकटक, इन्ष्टाग्राम, हाम्रो पात्रो, पठाओ, दराज एप लगायत १०० भन्दा बढी विश्वचर्चित एपहरु एउटै एपमा चलाउने मिल्ने गरी सोसल एप नामक नयाँ मोबाईल एप बजारमा आएको छ । अनलाइन मार्ग मिडियद्धारा निर्माण गरिएको उक्त एप मंगलबार गुगल प्ले स्टोरमार्फत सार्वजनिक भएको हो ।

उक्त एप तत्काललाई गुगल प्ले स्टोरमा मात्रै सार्वजनिक गरिएको र निकट भविष्यमै एप स्टोर र विन्डोजमा समेत उपलब्ध हुने सोसल एपका फाउण्डर हेम राज जोशीले बताए । सोसल एप किन डाउनलोड गर्ने भन्ने हाम्रो प्रश्नमा फाउण्डर जोशी भन्छन्, ‘मोबाईल स्पेश थोरै लिने (३ एमबी भन्दा कम), ह्याङ पनि नहुने चलाउन एकदमै सजिलो, सबै एपहरु एकै ठाउँमा भएका कारण व्यवस्थित एप पनि हो यो, एउटा मोबाईलमा एकै पटक धेरै एपहरु चलाउदा ब्याट्री चाडै सिद्धिन्छ तर यो पनि चलाउनुभयो भने ब्याट्री लामो समय टिक्छ ।, अरु एप जस्तो बेलाबेलामा विज्ञापन आएर दिक्क लाग्ने खालको यो एप होईन, यो एप सबैका लागि आवश्यक छ जस्तो लाग्छ मलाई ।’

नेपालमा यस्तो खालको एप पहिलोपटक बनेको उनको दाबी छ । अन्य देशमा यो एपसँग मिल्दाजुल्दा एपहरु बनेपनि यो एप जस्तो पृथक एप अहिलेसम्म नबनेको जोशीको भनाई छ । केही दिन पछि विशेष समारोहकाबीच सोसल एप औपचारिक रुपमा सार्वजनिक गरिदैँछ ।

‘Social APP’ डाउनलोड गर्न यहाँ क्लीक गर्नुहोस्

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको