उत्तरकोरियालीको भिसा म्याद थपमा नेपालस्थित अमेरिकी दूतावासको आपत्ति

काठमाडौं – नेपालस्थित अमेरिकी दूतावासले संयुक्त राष्ट्रसंघको प्रस्तावविपरीत नेपालले १७ जना उत्तरकोरियालीको भिसा म्याद थप गरेको भन्दै आपत्ति जनाएको छ। नेपालस्थित अमेरिकी दूतावासका एक अधिकारीले यस विषयमा परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराउने जानकारी दिएका छन्।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सदस्य मुलुकहरुलाई २०१७ सेप्टेम्बर ११ देखि लागू हुनेगरी उत्तरकोरियाली नागरिकलाई श्रम अनुमति नदिने प्रस्ताव पारित गरेको थियो। राष्ट्रसंघले आगामी डिसेम्बर २३ बाट लागू हुनेगरी सबै उत्तरकोरियाली कामदारलाई सदस्य मुलुकले स्वदेश फर्काउने प्रस्तावसमेत पारित गरेको थियो। दूतावासले नेपालले संयुक्त राष्ट्रसंघको प्रस्तावविपरीत उत्तरकोरियाली नागरिकको भिसा थप गरेको भन्दै आपत्ति जनाएको हो। दूतावासका अधिकारीले नेपाल सरकारले संयुक्त राष्ट्रसंघको प्रस्तावको पालना नगरेमा डिसेम्बर २३ पछि समस्या पर्न सक्ने जनाएका छन्।

सरकारले हालै मात्र ३३ जना उत्तरकोरियालीलाई नेपालबाट स्वदेश फर्काएको जानकारी संयुक्त राष्ट्रसंघलाई गराएको थियो। तर दूतावासले भने, संयुक्त राष्ट्रसंघको प्रस्तावविपरीत १७ जना उत्तरकोरियाली नागरिकलाई भिसा थपिदिएको दाबी गरेको छ। तर नेपालले यसको पुष्टि गरेको छैन। अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले यसबारेमा अनभिज्ञता प्रकट गरे। ‘यसबारेमा मलाई कुनै जानकारी छैन,’ पौडेलले भने।

नेपालले संयुक्त राष्ट्रसंघको प्रस्तावलाई बेवास्ता गरेको आरोप परराष्ट्र मन्त्रालयले भने अस्वीकार गरेको छ। ‘हामीले संयुक्त राष्ट्रसंघका मूल्य मान्यता र प्रस्तावलाई अक्षरश पालना गरेका छौं, दूतावासको चासो के हो, हामीलाई थाहा भएन,’ मन्त्रालयका एक उच्च अधिकारीले भने।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले परमाणु हतियार कार्यक्रमलाई निरन्तरता दिएको भन्दै उत्तरकोरियामाथि आर्थिक प्रतिबन्ध लगाउँदै आएको छ। यसै अन्तर्गत संयुक्त राष्ट्रसंघको सदस्य मुलुकमा आयमूलक काम गरिरहेका उत्तरकोरियाली नागरिकलाई स्वदेश फर्काउने प्रस्ताव राष्ट्रसंघले पारित गरेको थियो।
नागरिक दैनिकबाट

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको