उत्तरकोरियालीको भिसा म्याद थपमा नेपालस्थित अमेरिकी दूतावासको आपत्ति

काठमाडौं – नेपालस्थित अमेरिकी दूतावासले संयुक्त राष्ट्रसंघको प्रस्तावविपरीत नेपालले १७ जना उत्तरकोरियालीको भिसा म्याद थप गरेको भन्दै आपत्ति जनाएको छ। नेपालस्थित अमेरिकी दूतावासका एक अधिकारीले यस विषयमा परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराउने जानकारी दिएका छन्।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सदस्य मुलुकहरुलाई २०१७ सेप्टेम्बर ११ देखि लागू हुनेगरी उत्तरकोरियाली नागरिकलाई श्रम अनुमति नदिने प्रस्ताव पारित गरेको थियो। राष्ट्रसंघले आगामी डिसेम्बर २३ बाट लागू हुनेगरी सबै उत्तरकोरियाली कामदारलाई सदस्य मुलुकले स्वदेश फर्काउने प्रस्तावसमेत पारित गरेको थियो। दूतावासले नेपालले संयुक्त राष्ट्रसंघको प्रस्तावविपरीत उत्तरकोरियाली नागरिकको भिसा थप गरेको भन्दै आपत्ति जनाएको हो। दूतावासका अधिकारीले नेपाल सरकारले संयुक्त राष्ट्रसंघको प्रस्तावको पालना नगरेमा डिसेम्बर २३ पछि समस्या पर्न सक्ने जनाएका छन्।

सरकारले हालै मात्र ३३ जना उत्तरकोरियालीलाई नेपालबाट स्वदेश फर्काएको जानकारी संयुक्त राष्ट्रसंघलाई गराएको थियो। तर दूतावासले भने, संयुक्त राष्ट्रसंघको प्रस्तावविपरीत १७ जना उत्तरकोरियाली नागरिकलाई भिसा थपिदिएको दाबी गरेको छ। तर नेपालले यसको पुष्टि गरेको छैन। अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले यसबारेमा अनभिज्ञता प्रकट गरे। ‘यसबारेमा मलाई कुनै जानकारी छैन,’ पौडेलले भने।

नेपालले संयुक्त राष्ट्रसंघको प्रस्तावलाई बेवास्ता गरेको आरोप परराष्ट्र मन्त्रालयले भने अस्वीकार गरेको छ। ‘हामीले संयुक्त राष्ट्रसंघका मूल्य मान्यता र प्रस्तावलाई अक्षरश पालना गरेका छौं, दूतावासको चासो के हो, हामीलाई थाहा भएन,’ मन्त्रालयका एक उच्च अधिकारीले भने।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले परमाणु हतियार कार्यक्रमलाई निरन्तरता दिएको भन्दै उत्तरकोरियामाथि आर्थिक प्रतिबन्ध लगाउँदै आएको छ। यसै अन्तर्गत संयुक्त राष्ट्रसंघको सदस्य मुलुकमा आयमूलक काम गरिरहेका उत्तरकोरियाली नागरिकलाई स्वदेश फर्काउने प्रस्ताव राष्ट्रसंघले पारित गरेको थियो।
नागरिक दैनिकबाट

सिफारिस

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित फिक्कल डाँडा पर्यटकीय गन्तव्यको रुपमा चर्चा बढ्दै गएको छ। समुद्री सतहबाट २,३८८ मिटरको उचाइमा रहेको...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

धेरै पढिएको