श्रममन्त्रीबाट बाहिरिएका गोर्कण विष्ट ट्याक्सी चढेर निवास लागे

काठमाडौं- मन्त्रीमण्डल पुनर्गठन पश्चात् श्रममन्त्रीबाट बाहिरिएका गोर्कण विष्ट ट्याक्सी चढेर निवास लागेका छन्।

नवगठित मन्त्रिमण्डलमा पर्न नसकेका विष्ट मन्त्रालयमा भएको विदाइ कार्यक्रमपछि ट्याक्सी मार्फत् बाहिरिएका हुन्। मन्त्रालयबाट सिंह दरबार दक्षिण गेट सम्म पैदल मार्फत आएका विष्ट भाडाको ट्याक्सी मार्फत निवास तिर लागेका हुन्।

दक्षिण गेटसम्म आइपुग्ने समयसम्म उनले शुभेच्छेकहरूलाई हात हल्लाउँदै विदाइ भएका थिए। गेटमा आइसकेका उनले भाडाको ट्याक्सी नपाएपछि केहि समय कुरेका थिए। विष्ट टाउन सामाखुसी स्थित प्लानिङमा बस्ने बताइएको छ।

यस अघि उर्जा मन्त्री भएको समय पनि विष्ट भाडाको ट्याक्सीमा निवास गएका थिए।

जाँदाजाँदै गोकर्ण विष्टले भने- मन्त्री बन्न मात्रै मैले राजनीति गरेको होइन

मन्त्रालयबाट बाहिरिने क्रममा मन्त्री विष्टले बिदाई कार्यक्रममा बोल्दै आफू मन्त्री बन्नका लागि मात्रै राजनीतिमा नआएको बताए।

आफू देश र जनताका हितमा अग्रसर रहन राजनीतिमा आएको बताएका उनले, ‘मैले श्रम मन्त्रालयको पदबहालीको क्रममा भनेको थिएँ, म अस्थायी पाहुना हुँ। पद क्षणिक कुरा हो, हाम्रो जीवन नै अस्थायी छ भने पद स्थायी रहने कुरै भएन।’

विष्टले आफ्नो कार्यकालमा श्रमजिवीहरुको हितमा काम गरेको बताए।

नेपाली श्रमिकमाथि भएका हरेक किसिमका श्रम शोषणको अन्त्य गर्न आफूले ऐतिहासिक कदम चालेको दाबी विष्टको थियो।

आन्तरिक तथा वैदेशिक रोजगारी सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन पहल गरेको उनको भनाइ थियो।

सिफारिस

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ रंगशालामा नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ। खेलमा घरेलु टोली नेपालले चीनलाई...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। हराभरा जंगल, जैविक विविधता, धार्मिक–सांस्कृतिक पहिचान र प्राकृतिक...

नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

भक्तपुर -  नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा ऐतिहासिक पुलुकिसी नाच २०८२ आज शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ। परापूर्वकालदेखि जात्राको रूपमा प्रदर्शन...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

भक्तपुर -  नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा...

शिरोमणि दवाडीलाई उमाकान्त पौडेल स्मृति पत्रकारिता पुरस्कार

काठमाडौँ - नेपाल पत्रकार मञ्चले प्रदान गर्ने उमाकान्त पौडेल...

कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन (तस्विरहरु)

दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा...

माघ २४ गते ११औँ प्रधानसेनापति खुला म्याराथन हुने, विजेतालाई कति छ पुरस्कार ?

काठमाडौं - ११औँ प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता–२०८२ आगामी...

 सहायक रेफ्री मरिना धिमाल हवल्दारमा पदोन्नति

फुटबल मैदानमा हातमा झण्डा लिएर अफसाइड र फलको निर्णय...

धेरै पढिएको