काठमाडौं – सवारी साधनको ठक्करबाट काठमाडौंको नयाँबानेश्वरमा एक जनाको मृत्यु भएको छ । संसद भवनको दक्षिण गेट अगाडि सवारी साधनको ठक्करबाट अन्दाजी ५०-५५ वर्षका पुरुषको मृत्यु भएको बानेश्वर प्रहरीले जनाएको छ ।
मृतकको नाम ठेगाना खुलेको छैन । ठक्कर दिने सवारी साधनको पनि पहिचान भएको छैन । मृतकको टाउकोमा गम्भीर चोट देखिएको बानेश्वर प्रहरी वृत्तका डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।