नेपाल र चीन सीमा अध्ययन गर्न गठित समितिले बुझायो प्रतिवेदन

नेपाल र चीनको सीमा अध्ययन गर्न गठित समितिले सरकारलाई अध्ययन प्रतिवेदन बुझाएको छ ।

लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिका संयोजक सह–सचिव जयनारायण आचार्यले आइतबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने बताए । ‘यो प्रतिवेदनले अन्य स्थानमा रहेका सीमाबारे पनि अध्ययन गर्ने बाटो खुलेको छ’ प्रतिवेदन बुझ्दै मन्त्री खाणले भने– ‘अध्ययनमा यहाँहरूले औंल्याएका विषय कार्यान्वयन गर्न सरकारले पहल गर्नेछ ।’

प्रतिवेदनबारे जानकारी दिँदै अध्ययन टोलीका संयोजक सहसचिव आचार्यले निष्कर्ष र सुझावबारे मन्त्री खाँणलाई जानकारी गराएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्ले १६ भदौमा सो सीमा अध्ययनका लागि समिति बनाएको थियो । समितिमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, प्रहरीका एसएसपी उमेशराज जोशी, सशस्त्रका एसएसपी प्रदीपकुमार पाल र राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक किशोरकुमार श्रेष्ठ सदस्य थिए ।

सिफारिस

नेपाल उसु महासंघले वैधानिकताबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं — नेपाल उसु महासंघले पछिल्लो समय विभिन्न माध्यममा फैलिएका “असत्य, भ्रामक र गैर–तथ्यात्मक” सूचनाप्रति आपत्ति जनाउँदै आफ्नो वैधानिकता र नेतृत्वबारे आधिकारिक विज्ञप्ति सार्वजनिक...

उपरथीमा विशेष बढुवा भएका भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं - नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथी पदमा विशेष बढुवा भएका सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले उपरथी दर्जाको...

ड्रोन भ्यूमा पोखरा पुम्दिकोटको मनमोहक दृश्य (तस्वीरहरू)

पुम्दिकोट पोखरा महानगरपालिकाको वडा नम्बर २२ मा अवस्थित एक पर्यटकीय स्थल हो। यहाँ रहेको ५२ फिट अग्लो शिव मूर्ति मुख्य आकर्षणका रूपमा रहेको छ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उपरथीमा विशेष बढुवा भएका भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं - नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथी पदमा विशेष...

ड्रोन भ्यूमा पोखरा पुम्दिकोटको मनमोहक दृश्य (तस्वीरहरू)

पुम्दिकोट पोखरा महानगरपालिकाको वडा नम्बर २२ मा अवस्थित एक...

सन्चारकर्मी शिरोमणि दवाडीलाई ‘राष्ट्रिय सृजनशील सञ्चारकर्मी सम्मान’

काठमाडौं- ओप्सना फिल्मस् प्रालिको आयोजना मा दोस्रो ‘ओप्सना फिल्म...

 दुर्गा प्रसाईले गर्ने भनेको नेपाल बन्द फिर्ता

काठमाडौं —  नेपाल सरकार र दुर्गा प्रसाई नेतृत्वको  राष्ट्र,...

मार्क वाटको शतकमा कर्णालीको सहज जित

प्रारम्भिक ब्याटर मार्क वार्टको शतकमा कर्णाली याक्सले सिद्धार्थ बैक...

ढाका टोपीमा सजिएर कीर्तिपुरमा एनपिएल हेर्न पुगेका दर्शक (तस्वीरहरू)

काठमाडौँ- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर...

धेरै पढिएको