प्रारम्भिक ब्याटर मार्क वार्टको शतकमा कर्णाली याक्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि सहज जित निकालेको छ।
शनिबारको पहिलो खेलमा कर्णालीले लुम्बिनीलाई नौ विकेटले पराजित गरेको हो। कर्णालीको यो पहिलो जित हो।
लुम्बिनीले भने दोस्रो खेलमा आएर हार व्यहोरेको हो। पहिलो खेल जितेको थियो। कर्णाली याक्सका मार्क वाटले शतक प्रहार गरेका छन्। सिजनमा यो पहिलो शतक हो मार्कले ४१ बलमा शतक प्रहार गरेका हुन्। उनले ६ चौका र १० छक्का प्रहार गरे।
