धादिङको भैरवी मन्दिरबाट देखिएको मनै लोभ्याउने हिमालका दृश्य (फोटो फिचर)

धादिङ – भैरवी मन्दिर धादिङ जिल्लाको एक प्रसिद्द मन्दिर हो। धादिङ बेशीबाट करिव १८ किलोमिटर दुरीमा रहेको उक्त मन्दिर  धादिङको पुरानो सदरमुकाम  नीलकण्ठ नगरपालिका–६ सुनौलाबजारमा अवस्थित रहेको छ। समुन्द्र सतहदेखि करिब १५ सय मिटरको उचाइमा रहेको यो मन्दिर क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेको छ।

धादिङको भैरवी मन्दिरबाट देखिएको गणेश हिमाल

भैरवी मन्दिरको अहिले पुननिर्माण काम धामाधम चलिरहेको छ । जिल्लाकै ऐतिहासिक महत्व बोकेको उक्त भैरवी मन्दिर राजा रामशाहको पाला अघि नै शक्ति पिठको रुपमा परिचित रहेको भैरवी मन्दिर संरक्षण तथा पर्यटन विकास समितिका सचिव कृष्ण बहादुर श्रेष्ठले बताए ।

धादिङको भैरवी मन्दिरबाट देखिएको मानापाथी हिमाल

उक्त स्थान भौगोलिक रुपमा उच्च भागमा रहेको छ।  सदरमुकामबाट नजिक रहेकोले भक्तालु,पर्यटकहरु दिनप्रतिदिन बढिरहेको र विदाको दिन पिकनिक जानेको संख्या पनि बढेको श्रेष्ठको भनाई छ ।

धादिङको भैरवी मन्दिरबाट देखिएको हिमालहरूको दृश्य खिच्दै फोटो पत्रकार आर्यन धिमाल

०७२ सालको भूकम्प कारण क्षेती पुगेको मन्दिरलाई व्यवस्थित बनाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उद्धेश्यले २०७० मा भैरवी मन्दिर संरक्षण तथा पर्यटन विकास समिति गठन गरी मन्दिरको पुननिर्माण हुँदै आएको छ ।

पुनर्निर्माण हुँदै गरेको भैरवी मन्दिर र पर्यटकका लागि फोटो खिच्न बनाइएको स्थान

भैरवीबाट लाङटाङ, गणेश हिमाल, मानापाथी, घोडाघोडीलगायत हिमालका दृश्यहरू पनि नजिकैबाट अवलोकन गर्न सकिन्छ।

धादिङको भैरवी मन्दिरबाट देखिएको हिमालहरूको दृश्य खिच्दै फोटो पत्रकार सुशील श्रेष्ठ

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको