गुल्मीमा जीप दुर्घटना हुंदा १४ जनाको मृत्यु भएको छ। बागलुङको देविस्थानमा कुलपुजाका लागि हिँडेको ग १ ज ५२१९ नम्बरको जिप आज बिहान १० बजे बडिगाड गाउँपालिका–७ घोपर्नामा दुर्घटना भएको हो ।
दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जनतासमाचारलाई जानकारी दिए । दुर्घटनामा घाइते भएका ३ मध्ये १ पुरुष, १ महिला र १ शिशुको बडिगाड पोलिक्ल्नीकमा उपचार भइरहेको छ ।