एकीकृत समाजवादीले तोक्यो प्रदेश इन्चार्ज र पदाधिकारी, को-कोले पाए जिम्मेवारी (सूचीसहित)

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८ प्रदेशको इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको हो ।

एकीकृत समाजवादीले गत बिहीबार अन्तरपार्टी निनर्देशिनका (अपानि)–२ जारी गर्दै जिम्मेवारी बाँडफाँट गरेको हो । अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन अपानीमा स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन तोकिएको छ ।

साथै सो पार्टीले आफ्ना नेता कार्यकर्ताहरूलाई कम्युनिस्ट आन्दोलनमा हाबी भएको दक्षिणपन्थी अवसरवादी, विसर्जनवादी, व्यक्तिवादी, गुटवादी र सर्वसत्तावादी प्रवृत्तिको भण्डाफोर गर्न निर्देशन दिएको छ ।

‘कम्युनिस्ट आन्दोलनमा हाबी भएको दक्षिणपन्थी अवसरवादी, विसर्जनवादी, व्यक्तिवादी, गुटवादी र सर्वसत्तावादी प्रवृत्तिको भण्डाफोर गर्ने’अध्यक्ष माधवकुमार नेपालले २३ बुँदे अन्तरपार्टी निर्देशन (अपानी–२) जारी गर्दै निर्देशन दिएका छन् ।

साथै सो पार्टीले पार्टीको केन्द्रीय सदस्य सङ्ख्या विस्तार गर्नुका साथै नेताहरूको कार्यविभाजन समेत गरेको छ । जसमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको समग्र नेतृत्व गर्ने र संसदीय दलको नेताको रूपमा काम गर्ने उल्लेख गरिएको छ । त्यस्तै झलनाथ खनाललाई सम्मानित नेताका रूपमा राख्दै विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

नेताहरू मुकुन्द न्यौपाने र प्रदीप नेपाललाई क्रमशः उद्योग वाणिज्य विभाग इन्चार्ज र प्रतिष्ठानहरूको इन्चार्जको जिम्मेवारी दिएको छ । उपाध्यक्ष राजेन्द्र पाण्डेलाई राजकीय मामिला प्रमुख तथा उपाध्यक्षहरु क्रमश प्रमेश हमाललाई स्कुल विभाग,घनेन्द्र बस्नेत प्रदेश १ को इन्चार्ज, केदार न्यौपाने बागमती प्रदेश इन्चार्ज,केशवलाल श्रेष्ठ गण्डकी प्रदेश इन्चार्ज, धर्मनाथ प्रसाद साह प्रदेश २ इन्चार्ज र जयन्ती राईले महिला फाँट इन्चार्जको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी महासचिव डा. बेदुराम भुसालले संगठन र राष्ट्रिय सभा दलको नेताको जिम्मेवारी पाएका छन् भने उपमहासचिव प्रकाश ज्वालाले संगठन विभाग उपप्रमुख र कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् ।

गत असोज ५–७ मा बसेको पहिलो केन्द्रीय कमिटी बैठक र असोज २१ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार पार्टीको केन्द्रीय कमिटीलाई पूर्णता दिँदै उनीहरूको कार्यविभाजन समेत गरेको हो । यसअघि १३५ सदस्यीय केन्द्रीय कमिटी रहेको एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिएसँगै ३ सय ३५ सदस्यीय बनेको छ ।

हेर्नुस् सूची

प्रदेश नम्बर १
इञ्चार्जः घनेन्द्र बस्नेत
सहइञ्चार्ज : राजेन्द्रकुमार राई
अध्यक्ष : सुरेश कार्की
उपाध्यक्षः बलदेव चौधरी
उपाध्यक्षः राजन राई
सचिवः महेश रेग्मी
उपसचिवः सरिता थापा

प्रदेश नं. २
इञ्चार्जः धर्मनाथप्रसाद साह
सहइञ्चार्जः रामप्रित पासवान
सहइञ्चार्जः रत्नेश्वर गाईत
सहइञ्चार्जः कल्याणी खड्का
अध्यक्षः रामचन्द्र यादव
सचिवः लक्ष्मण पौडेल

वागमती प्रदेश
इञ्चार्जः केदार न्यौपाने
सहइञ्चार्जः जीवनराम श्रेष्ठ
सहइञ्चार्जः कृष्ण खनाल
अध्यक्षः सावित्रा भुसाल
सचिवः लक्ष्मण लम्साल

गण्डकी प्रदेश
इञ्चार्जः केशवलाल श्रेष्ठ
सहइञ्चार्जः चुडामणी जंगली
सहइञ्चार्जः शारदा सुवेदी
अध्यक्षः तुलबहादुर गुरुब
उपाध्यक्षः रामजी शर्मा
सचिवः प्रतावलाल श्रेष्ठ
उपसचिवः श्रीनाथ बराल
उपसचिवः रेखा थापा

लुम्बिनी प्रदेश
इञ्चार्जः भागवत विश्वासी
सहइञ्चार्जः सोमप्रसाद पाण्डे
सहइञ्चार्जः दलबहादुर सुनार
अध्यक्षः मेटमणी चौधरी
सचिवः राजु गरुङ

कर्णाली प्रदेश
इञ्चार्जः प्रकाश ज्वाला
सहइञ्चार्जः चन्द्रबहादुर शाही
सहइञ्चार्जः हंशबहादुर शाही
सहइञ्चार्जः शेरबहादुर के।सी।
सचिवः ठगेन्द्रप्रकाश पुरी

सुदुरपश्चिम प्रदेश
इञ्चार्जः गरिमा शाह
सहइञ्चार्जः प्रेम आले
सहइञ्चार्जः निरा जैरु
सहइञ्चार्जः रामकुमार ज्ञवाली
अध्यक्षः बिक्रम शाही
उपाध्यक्षः हर्कबहादुर सिंह
उपाध्यक्षः शेरबहादुर कुँवर
सचिवः दिनेशचन्द्र सुवेदी
उपसचिवः दीर्घ सोडारी
उपसचिवः तारा लामा
उपसचिवः माया भट्ट

उपत्यका विशेष प्रदेश
इञ्चार्जः विश्वनाथ प्याकुरेल
अध्यक्षः केदार सञ्जेल
सचिवः विष्णु लम्साल

सिफारिस

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ। असलंकालाई श्रीलंकाली क्रिकेटका...

भर्खरै

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

धेरै पढिएको