लोक सेवा आयोगले माग्यो ठूलो संख्यामा शाखा अधिकृत

काठमाडौं – लोक सेवा आयोगले ठूलो संख्यामा शाखा अधिकृत माग गर्दै विज्ञापन प्रकाशित गरेको छ ।

बुधबार प्रकाशित गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै आयोगले १०९६ शाखा अधिकृत पदका लागि आवेदन आह्वान गरेको हो ।

राजपत्रांकित तृतिय श्रेणी (शाखा अधिकृत) अप्राविधिक पदहरुमा सो आवेदन आह्वान गरिएको छ । अप्राविधिक तर्फका विभिन्न पद तथा सेवा समूहका लागि आवेदन आह्वान गरिएको छ ।

त्यसमध्ये ७६८ खुलातर्फ तथा ३२८ बढुवातर्फ छन् । आयोगले खुलाएको विज्ञापनमा सबैभन्दा बढी सामान्य प्रशासनतर्फ ५६० पदहरुमा आवेदन आह्वान माग गरिएको छ । त्यस्तै लेखातर्फ ३०, राजस्वमा ६९, लेखा परीक्षणतर्फ ४२, परराष्ट्र सेवामा ४, न्याय सेवामा ३६३, व्यवस्थापिका संसदमा २८ पदमा विज्ञापन गरिएको छ ।

सामान्य प्रशासनतर्फ माग गरिएको ५६० मध्ये १६८ बढुवाबाट र बाँकी २१६ खुला प्रतिश्पर्धाद्वारा पदपूर्ति गरिनेछ । त्यस्तै राजस्वतर्फ ६९ माग भएकोमा २० पद बढुवाका लागि र खुला प्रतिश्पर्धाका लागि ३९ पदहरु छुट्याइएको छ ।

त्यस्तै लेखातर्फ ३० पदमा आवेदन मागिएकामा ९ बढुवाका लागि २१ जना खुला प्रतिश्प

र्धाद्वारा पदपूर्ति हुने कुरा सूचनामा उल्लेख छ । त्यस्तै लेखा परीक्षणतर्फ ४२ पदमा आवेदन मागिएको छ जसमा १३ बढुवाका लागि तथा २९ पदहरुमा खुला प्रतिश्पर्धाद्वारा पदपूर्ति गरिने आयोगले जनाएको छ ।

परराष्ट्रमा ४ माग भएकोमा १ बढुवा र ३ खुला प्रतिश्पर्धाद्वारा पदपूर्ति गरिने एवं न्यायतर्फ २९० माग भएकोमा ८५ बढुवाका लागि तथा २०५ पदमा खुला प्रतिश्पर्धाद्वारा पदपूर्ति हुनेछ ।

कानुनतर्फ मागिएका ४९ जना शाखाअधिकृतमध्ये १५ बढुवाका छुट्याई ३४ जना खुला प्रतिश्पर्धाद्वार पदपूर्ति गरिनेछ । २४ जना सरकारी वकिल मागिएकामा ८ पद बढुवाका लागि छुट्याई १४ पद भने खुला प्रतिश्पर्धाद्वार पदपूर्ति हुनेछ ।

त्यस्तै व्यवस्थापिका संसद्तर्फ २८ जना शाखा अधिकृत माग भएकामा ६ बढुवा र २२ पद खुला प्रतिश्पर्धाका लागि छुट्याइएको छ ।

सिफारिस

पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्नेको भिड (तस्वीरहरू)

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज मनाइएको छ । आजको दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको...

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

धेरै पढिएको