लोक सेवा आयोगले माग्यो ठूलो संख्यामा शाखा अधिकृत

काठमाडौं – लोक सेवा आयोगले ठूलो संख्यामा शाखा अधिकृत माग गर्दै विज्ञापन प्रकाशित गरेको छ ।

बुधबार प्रकाशित गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै आयोगले १०९६ शाखा अधिकृत पदका लागि आवेदन आह्वान गरेको हो ।

राजपत्रांकित तृतिय श्रेणी (शाखा अधिकृत) अप्राविधिक पदहरुमा सो आवेदन आह्वान गरिएको छ । अप्राविधिक तर्फका विभिन्न पद तथा सेवा समूहका लागि आवेदन आह्वान गरिएको छ ।

त्यसमध्ये ७६८ खुलातर्फ तथा ३२८ बढुवातर्फ छन् । आयोगले खुलाएको विज्ञापनमा सबैभन्दा बढी सामान्य प्रशासनतर्फ ५६० पदहरुमा आवेदन आह्वान माग गरिएको छ । त्यस्तै लेखातर्फ ३०, राजस्वमा ६९, लेखा परीक्षणतर्फ ४२, परराष्ट्र सेवामा ४, न्याय सेवामा ३६३, व्यवस्थापिका संसदमा २८ पदमा विज्ञापन गरिएको छ ।

सामान्य प्रशासनतर्फ माग गरिएको ५६० मध्ये १६८ बढुवाबाट र बाँकी २१६ खुला प्रतिश्पर्धाद्वारा पदपूर्ति गरिनेछ । त्यस्तै राजस्वतर्फ ६९ माग भएकोमा २० पद बढुवाका लागि र खुला प्रतिश्पर्धाका लागि ३९ पदहरु छुट्याइएको छ ।

त्यस्तै लेखातर्फ ३० पदमा आवेदन मागिएकामा ९ बढुवाका लागि २१ जना खुला प्रतिश्प

र्धाद्वारा पदपूर्ति हुने कुरा सूचनामा उल्लेख छ । त्यस्तै लेखा परीक्षणतर्फ ४२ पदमा आवेदन मागिएको छ जसमा १३ बढुवाका लागि तथा २९ पदहरुमा खुला प्रतिश्पर्धाद्वारा पदपूर्ति गरिने आयोगले जनाएको छ ।

परराष्ट्रमा ४ माग भएकोमा १ बढुवा र ३ खुला प्रतिश्पर्धाद्वारा पदपूर्ति गरिने एवं न्यायतर्फ २९० माग भएकोमा ८५ बढुवाका लागि तथा २०५ पदमा खुला प्रतिश्पर्धाद्वारा पदपूर्ति हुनेछ ।

कानुनतर्फ मागिएका ४९ जना शाखाअधिकृतमध्ये १५ बढुवाका छुट्याई ३४ जना खुला प्रतिश्पर्धाद्वार पदपूर्ति गरिनेछ । २४ जना सरकारी वकिल मागिएकामा ८ पद बढुवाका लागि छुट्याई १४ पद भने खुला प्रतिश्पर्धाद्वार पदपूर्ति हुनेछ ।

त्यस्तै व्यवस्थापिका संसद्तर्फ २८ जना शाखा अधिकृत माग भएकामा ६ बढुवा र २२ पद खुला प्रतिश्पर्धाका लागि छुट्याइएको छ ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको