पेप्सिकोलास्थित पाणिनी विद्यालयमा अवाकस प्रतियोगिता सम्पन्न

काठमाडौं – बालबालिकाको मस्तिष्कलाई सक्रिय बनाउने करिब २ हजार बर्ष पुरानो फादर अफ कम्प्युटर अवाकस प्रतियोगिता सम्पन्न भएको छ । बालविकास तथा एनसीमास नामक संस्थाको सहयोगमा बुधबार पेप्सिकोलास्थित पाणिनी विद्यालयमा अवाकस प्रतियोगिता सम्पन्न गरिएको हो ।

बुधबार सम्पन्न प्रतियोगितामा करिब दुई सय जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुका लागी प्रभावकारी भएको भन्दै पाणिनि विद्यालयले पनि विगत ३ बर्षदेखि अवाकसलाई नियमित पाठ्यक्रममा समाबेश गरेको छ ।

विगत १५ बर्षदेखि नेपालमा संचालन गरिँदै आएको उक्त प्रणालीलाई नेपालका धेरैजसो विद्यालयले पाठ्यक्रममै समाबेश गर्ने गरेका छन् । विद्यार्थीहरुले पनि उक्त शैक्षिक प्रणालीलाई मन पराएका छन् । साथै, अभिभावकले समेत उक्त प्रणालीले साँच्चै सकारात्मक परिवर्तन ल्याएको भन्दै प्रभावकारी रहेको बताएका छन् ।

विद्यालयहरुमा विजयी हुने विद्यार्थीहरुलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराइने र त्यसमा पनि विजयी हुने विद्यार्थीहरुलाई अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी गराइने बालविकास तथा एनसीमासका अध्यक्ष तेजु नेपालले बताए । पाणिनि विद्यालयले विद्यार्थीहरुका लागी सुनौलो अवसर भएको भन्दै अवाकस प्रतियोगिता सँगै पाणिनि आइडल, ¥याम्प सो, पटलक पार्टी जस्ता अन्य कार्यक्रम समेत आयोजना गरेको थियो ।

सिफारिस

बैजनी फूलले ढकमक्क महालक्ष्मीस्थान (तस्वीरहरू)

काठमाडौँ - महालक्ष्मीस्थान यतिबेला ज्याकारान्डा (Jacaranda) फूलले ढकमक्क बनेको छ। सडक किनारमा फुलेका बैजनी रंगका फूलहरूले सम्पूर्ण क्षेत्रलाई मनमोहक बनाउँदै स्थानीयवासी तथा आगन्तुकको ध्यान...

फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘वल्र्ड बुक अफ रेकड्र्स, लण्डन’द्वारा सम्मानित

काठमाडौं — अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड लण्डनले नेपालका वरिष्ठ फोटोपत्रकार तथा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार प्रदीपराज वन्तलाई ‘सर्टिफिकेट अफ एक्सिलेन्स’...

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक विश्व चर्चित पर्यटकीय गन्तव्य हो। यो हिन्द महासागरको उत्तर–पूर्वी भागमा पर्ने बंगालको खाडीको किनारमा अवस्थित...

भर्खरै

फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘वल्र्ड बुक अफ रेकड्र्स, लण्डन’द्वारा सम्मानित

काठमाडौं — अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड...

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक...

सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह (तस्विरहरु)

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको...

चाइनिज मेडिसिन चिकित्सक समाजको अध्यक्षमा डा. सुरज कर्माचार्य निर्वाचित

काठमाडौँ - अकुपञ्चरमा स्नातक वा स्नातकोत्तर गरेका अकुपञ्चर चिकित्सकहरूको...

ड्रोनबाट यस्तो देखियो भत्काउन लागेको ७ तल्ले घर (तस्विरहरु)

अनामनगरस्थित धोविखोला कोरिडोरमा रहेको चर्चित सात तले घरमा अन्ततः...

बङ्गलादेशमा १० नेपाली फोटो पत्रकार सम्मानित (तस्वीरहरू)

ढाका — इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६ अन्तर्गत...

धेरै पढिएको