काठमाडौं – समाजवादी पार्टीले भारतविरोधी एउटा कार्यक्रममा सहभागी भएको कारण देखाउँदै पार्टीकी राजनीतिक समितिका सदस्य रेखा यादवलाई कारबाही गर्ने भएको छ ।
यादवलाई कारबाही गर्न उनलाई पार्टीले स्पष्टीकरण सोधेको छ ।
स्पष्टीकरणपछि यादवलाई कारबाही गरिने पार्टीका नेताहरूले जनाएका छन् ।
यसअघि पार्टीले स्वतन्त्र तिब्बत कार्यक्रममा सहभागी भएको भनी पार्टीका सांसद प्रदीप यादवलाई पार्टीबाट निलम्बन गरेको छ ।
समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवले पाकिस्तानी दूतावासले गरेको कार्यक्रममा सहभागी भएको विषयमा पार्टीमा उजुरी आए पछि रेखालाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको बताइन् ।
यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।