शिक्षकहरूका लागि खुसी खबर, माओवादीका यी दुई मन्त्रीले गरे यस्तो कमाल

सरकारले शिक्षकहरूका लागि छुट्टै अस्पताल बनाउने तयारी गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले शिक्षक अस्पताल बनाउने ठाउँ खोज्न समिति गठन गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार शिक्षक अस्पताल बनाउने जग्गा व्यवस्था गर्न विमल चालिसेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो। समितिमा शिक्षक तथा मन्त्रालयका कर्मचारी सदस्य छन्।

सरकारले समितिलाई २ महिनाभित्र जग्गा खोजिसक्न भनेको दिर्नेशन दिएको छ।जसअनुसार समितिले काठमाडौं, चितवनलगायत ठाउँमा जग्गा खोज्ने मन्त्रालयलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।

शिक्षक अस्पताल बनेपछि देशभरका झन्डै ३ लाखको संख्यामा रहेका शिक्षकले लाभ पाउने सरकारले अपेक्षा गरेको छ।शिक्षक अस्पताल बनाउन यसअघि अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरेका थिए।

शिक्षक अस्पताल बन्ने भएपछि देशरभरका करिब तीन लाख बढी शिक्षकहरू लाभानिबत हुने अपेक्षा गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत शिक्षक अस्पताल बनाउन बजेटको व्यवस्था गरेका थिए । बजेट कार्यान्वयनका लागि शिक्षा मन्त्रालयले काम अघि बढाएको हो ।

यस्तै सोमबार मन्त्रिस्तरीय बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत कर्णाली प्रदेश कार्यालयका लागि जग्गा व्यवस्थापन गरिएको छ ।

कार्यालयको भवन निर्माणका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-५ कालिका प्रावि र नेपाल राष्ट्रिय मावि चिसापानीमा मर्ज भइ खाली भएको कित्ता नम्बर ८६७ को १०३४ व.मी क्षेत्रफल भएको जग्गा व्यवस्थापन गरिएको हो ।

सो ऐलानी जग्गा लिजमा उपलब्ध गराउने कार्यनीति २०७१ अनुसार आवश्यक पक्रिया पूरा गरि कार्यालयको भवन बनाउन दिने निर्णय भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का सदस्य सचिव जीवनरायण काफ्लेले जानकारी दिए ।

सिफारिस

नेपाली सेनाले पाँचखालमा यसरी मनायो संयुक्त राष्ट्र संघ दिवस (तस्वीरहरू)

काभ्रे -  संयुक्त राष्ट्र संघको ८० औं स्थापना दिवस (UN Day-2025) आज श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको...

भदौ २४ गतेको घटना राष्ट्र, लोकतन्त्र र अर्थतन्त्रमाथिको आक्रमण हो : पूर्वमन्त्री दिपक खड्का

काठमाडौँ - नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दिपक खड्काले कांग्रेसभित्र नियमित महाधिवेशन हुनुपर्ने बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको...

नेपाल–चीन बीच उसु खेल विकासका लागि तीन वर्षे सम्झौता

काठमाडौं - मित्रराष्ट्र चीनको सिचुवान प्रान्तस्थित मिनयाँङ उसु संघ, मार्सल आर्ट अर्गनाइजेसन नेपाल र काठमाडौं जेन्जी ट्रेडिसनल आर्चरी एण्ड मार्सल आर्ट अर्गनाइजेसनबीच उसु खेलको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

भदौ २४ गतेको घटना राष्ट्र, लोकतन्त्र र अर्थतन्त्रमाथिको आक्रमण हो : पूर्वमन्त्री दिपक खड्का

काठमाडौँ - नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री...

नेपाल–चीन बीच उसु खेल विकासका लागि तीन वर्षे सम्झौता

काठमाडौं - मित्रराष्ट्र चीनको सिचुवान प्रान्तस्थित मिनयाँङ उसु संघ,...

एन्फा मुख्यालयमा फुटबल समर्थकहरुको धर्ना (तस्वीरहरू)

पछिल्लो दुई वर्षयता लगातार नेपाली फुटबलको मेरुदण्ड मानिने शहिद...

यस्तो देखियो माओवादी-समाजवादीसहितको एकता सम्मेलन (तस्विरहरू)

काठमाडौंको भृकुटीमण्डपमा ८ दलका कम्युनिष्ट घटकहरूबीच एकता हुँदैछ ।...

काठमाडौँको बागमती किनारमा देखिए दुर्लभ चरा (तस्वीरहरू)

काठमाडौं - काठमाडौँको थापाथलीस्थित बागमती नदी पुल नजिक दुर्लभ...

नेपाल स्ट्रीट प्रिमियर लिग सुरु : पहिलो दिन तीन खेलमा क-कसले जित निकाले ?

काठमाडौं - नेपालकै सबैभन्दा ठूलो टेनिस बल क्रिकेट प्रतियोगिता...

धेरै पढिएको