अपाङ्गता भएका बालबालिका लक्षित घुम्ती शिविर सम्पन्न

बालबालिकाहरुका लागी घुम्ती शिविर संचालन गरिएको छ । गाउँपालिकाको आयोजना, सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा पहाडि क्षेत्र विकास अभियान जाजरकोटको सामाजिक परिचालनमा अपाङ्गता भएका बालबालिकाहरुलाई लक्षित गरेर घुम्ती शिविर सम्पन्न गरिएको थियो ।

शारिरिक रुपले अपाङ्ग बालबालिकाहरुको स्वास्थ्य परिक्षण, अपाङ्ग पहिचान तथा परिचयपत्र वितरण गर्न नि:शुल्क घुम्ती शिविर संचालन गरिएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । गाउँपालिकाको घरंगा र टापुचौरमा संचालन गरिएको नि:शुल्क घुम्ती शिविरमा १८ बर्ष मुनिका २ सय ४८ जना अपाङ्ग बालबालिकाहरुको सहभागिता रहेको थियो ।

शिवीरमा १ सय ३९ जना बालक र १ सय ९ जना बालिकाहरुले भाग लिएका थिए । शिवीरबाट ‘क’ बर्गको अपाङ्गता परिचयपत्र लिनमा १ जना, ‘ख’ बर्गको अपाङ्गता परिचयपत्र लिनेमा १४, ‘ग’ बर्गको अपाङ्गता परिचयपत्र लिनेमा १६ जना र ‘घ’ बर्गको अपाङ्गता परिचयपत्र लिनेमा २२ जना गरि जम्मा ५३ जनाले अपाङ्गता परिचयपत्र पाएका छ्न भने, ८ जनाले सहायक सामाग्री पाएका छ्न ।

सहायक सामाग्रीको लागि नेपाल समाज कल्याण संघले सहयोग गरेको छ भने, ५८ जनालाई बाहिर रिफर गरिएको गाउँपालिकाले जनाएको छ । मंसिर २९ गते घरंगा र ३० गते टापुचौरमा संचालन गरिएको निशुल्क घुम्ती शिवीरको विधिवत उद्घाटन गाउँपालिकाका अध्यक्ष बस्नेतले गरेका थिए । अपाङ्गता बालबालिकाहरुको लागि संचालन गरिएको निशुल्क घुम्ती शिवीरमा अध्यक्ष बस्नेत आफै सहभागि भएका थिए ।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको