जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मध्य तथा पुर्वी तराईका केही स्थानहरुमा हुस्सुरकुहिरो लागेको र पश्चिमी भू(भाग लगायत पहाडी भू(भागहरुमा आंशिक देखि सामान्य बदलिको अवस्था रहेको जनाएको छ ।
नेपालको पश्चिमी भू(भागमा पश्चिमि वायूको आंशिक प्रभाव देखिएको महाशाखाले जनाएको छ ।
महाशाखाले पूर्वी र मध्य तराईका केही स्थानमा सामान्य हुस्सुरकुहिरो देखिएको हुँदा सो स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आइ चिसो बढेको जनाएको छ । चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन सबैमा महाशाखाले अनुरोध गरेको छ।
पौष ४ गते (शुक्रबार)
दिउँसोस् देशको पश्चिमि र मध्य भू(भाग लगायत पूर्वी पहाडी भू(भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू(भागमा आंशिक वदली रहनेछ। साथै पश्चिम भेगका उच्च पहाडीरहिमालि भू(भागमा हल्का हिमपात र पश्चिमि पहाडी भू(भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
रातीस् देशभर आंशिक देखि सामान्य वदली रहनेछ । पश्चिम भेगका उच्च पहाडीरहिमालि भू(भागमा हल्का देखि मध्यम हिमपात र पश्चिमि पहाडी भू(भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
पौष ५ गते (शनिवार)
दिउँसोस् देशको पश्चिमि भू(भागमा सामान्य वदली र मध्य तथा पूर्वी भू(भागमा आंशिक वदली रहनेछ। साथै पश्चिम भेगका उच्च पहाडीरहिमालि भू(भागमा हल्का देखि मध्यम हिमपात र पश्चिमि पहाडी भू(भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
रातिस् देशको पश्चिमि भू(भाग लगायत मध्य र पूर्वी पहाडी भू(भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भू(भागमा मौसम समान्यतया सफा रहनेछ।